काठमाडौँ । वाफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टीमका खेलाडीलाई एन्फाले भोलि नै जनही २५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।
बिहीबार साउदी अरबमा भएको फाइनल खेलमा टाइब्रेकरमा चुक्दा उपविजेतामा सीमित बनेको थियो ।
खेलाडीहरूलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै एन्फा अध्यक्ष अध्यक्ष पङ्कज नेम्वाङले भोलि नै पुरस्कार दिने घोषणा गरेका छन् । त्यस्तै, घाइते खेलाडी सम्पूर्ण जिम्मा एन्फाले लिने पनि उनले बताएका छन् ।