१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवालाई नेतृत्वदायी भूमिका प्रदान गर्न सरकार क्रियाशील : मन्त्री लिम्बू

अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले युवालाई रोजगारी सिर्जना गरी उद्यमशीलता, क्षमता र नेतृत्व विकासमा सरकारले जोड दिइएको बताएका छन् । 

राष्ट्रिय युवा परिषद्को नवौँ स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नवीन सोच र उद्यमशील युवालाई राज्यको समग्र क्षेत्रमा नेतृत्वदायी भूमिका प्रदान गर्न सरकार क्रियाशील रहेको बताए । 

“मुलुकको कूल जनसङ्ख्याको ४२.५६ प्रतिशत हिस्सा युवाले ओगटेका छन् । युवालाई रोजगार सिर्जना गरी उद्यमशीलता, क्षमता र नेतृत्व विकासमा सरकारले जोड दिइरहेको छ”, मन्त्री लिम्बूले भने । युवाको सक्रिय सहभागितामा मुलुकको विकास र भविष्य निर्भर हुने भएकाले युवा सशक्तीकरणका लागि राष्ट्रिय युवा नीति अद्यावधिक गर्दै क्षमता विकास गरिने उनको भनाइ छ ।

मन्त्री लिम्बूले नवीन सोच, सुसंस्कृत, स्वरोजगार र आत्मनिर्भर युवा राष्ट्रनिर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै सरकारले चालू आर्थिक वर्षलाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षका रूपमा घोषणा गरेको जानकारी दिए । 

स्थापना दिवसका अवसरमा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले सन्देश दिँदै युवाको क्षमता, सीप, नेतृत्व र उद्यमशीलताको विकासमा जोड दिइएको बताए । समृद्ध राष्ट्र निर्माणका स्वस्थ, कर्मठ र उद्यमी युवा तयार गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ ।

उपाध्यक्ष बस्नेतले युवाको सर्वाङ्गीण विकासका निमित्त नेपालको संविधान, दिगो विकासका लक्ष्य, विश्व मञ्चमा व्यक्त प्रतिबद्धता, योजना आयोगको प्रतिवेदन, राष्ट्रिय युवा नीति, युथ भिजन २०२५ र १० वर्षे रणनीतिक योजनाले निर्दिष्ट गरेका मार्गचित्रका आधारमा दृढतापूर्वक अघि बढ्नुपर्ने बताए । 

युवाको हकहित संरक्षण गरी उनीहरूलाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म संलग्न गराई राष्ट्रिय विकासको मूल प्रवाहमा समावेश गर्ने उद्देश्यले विसं २०७२ फागुन १९ गते परिषद्को स्थापना भएको थियो । 

अहिले सात वटै प्रदेश र जिल्ला तहमा परिषद् गठन गरिएको छ । स्थापना दिवसका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस