९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेदरल्यान्ड्समाथि नेपालको शानदार जीत

अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलामा नेदरल्यान्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्सले दिएको १ सय २१ रनको साधारण लक्ष नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।

नेपालका लागि कप्तान रोहित पौडेल र गुल्सन झाले उत्कृष्ट साझेदारी गरे। रोहित ४६ र गुल्सन ३८ रन बनाएर आउट भए। ओपनरदुवय कुशल भुर्तेल १२ र आसिफ शेख ८ रनमा आउट भएका थिए। 

दीपेन्द्रसिंह ऐरी ४ र कुशल मल्ल २ रनमा अविजित रहे। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्स ३ बल बाँकी छँदै १ सय २० रनमा अलआउट भएको थियो।

नेदरल्याण्डस्का लागि म्याक्स ओदाउदले ३१, टिम भान डर गगटेनले २४, कप्तान स्कट इड्वार्डस्ले १८ रन बनाए भने रोएलोफ भान डस मेर्वी रनमा अविजित रहे। अरू खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

नेपाली बलरले नेदरल्यान्ड्सका ब्याटरलाई सुरुदेखि नै दबाबमा राखेका थिए। नेपालका लागि प्रतिस जिसिले ३, करण केसी र कुशल मल्लले २/२ र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए।

जितसँगै नेपालले सिरिजमा उत्कृष्ट पुनरागमन गरेको छ भने पहिलो खेलमा नेदरल्यान्ड्ससँग बेहोरेको हारको बदला पनि लिएको छ। नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो।

नामिबियाविरुद्ध पहिलो खेलमा २० रनको पराजय भोगेको नेपालले शुक्रबार ३ रनको जित निकालेको थियो।

प्रतिक्रिया दिनुहोस