६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुद्धको शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्छ : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । 

लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्रधानमन्त्री दाहालले उक्त विश्वविद्यालयको १५औँ सभालाई आज सम्बोधन गर्दै शान्तिको सन्देश प्रवाहमा विभिन्न समुदाय र विश्वविद्यालयको अहम् भूमिका हुनुपर्ने बताए । प्रधानमन्त्रीले भने, “देशभरका जनमानसमा बुद्ध, बौद्ध दर्शन, बौद्ध संस्कृति तथा परम्पराका बारेमा ज्ञान सम्प्रेषण गर्न विश्वविद्यालयले सबै क्षेत्रका व्यक्तिलाई बुद्धको आधारभूत शिक्षाका लागि देशव्यापी जनजागरण अभियान सञ्चालन गर्नुपर्दछ ।”

इतिहासको लामो कालखण्डदेखि अटुट रूपमा प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्येताका लागि अनुपम स्रोतका रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सांस्कृतिक, धार्मिक, पर्यटन विकासका लागि ठूलो अवसरका रूपमा लिनुपर्नेमा जोड दिए । विश्वविद्यालयले बौद्ध परम्परा र संस्कृति अध्ययनअध्यापन संरक्षण तथा संवद्र्धनका नयाँ कार्यक्रम अगाडि बढाउन उनले सुझाव दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

“नेपाल बुद्ध भूमि, हजारौँ ऋषिमुनिको योगदानले निर्माण गरेको तपोभूमि पनि हो,” प्रधानमन्त्रीले भने, “त्यसैले नेपाल विश्वकै आस्था र श्रद्धाको केन्द्र हो, यसको प्रवद्र्धन गर्ने दायित्व हाम्रो हो ।” 

बौद्ध संस्कृति, कला, विहार तथा गुम्बा संसारकै लागि आकर्षणका सम्पदा हुन् भन्दै प्रधानमन्त्रीले यस्ता संरचनालाई आर्थिक समृद्धिसँग जोड्दै अगाडि बढेको खण्डमा समृद्ध मुलुक निर्माणको अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्रीले बौद्ध कला, साहित्य, पुरातत्व क्षेत्रको अनुसन्धान संवद्धन र प्रवद्र्धनबाट देशको गरिमा बढ्नाका साथै धार्मिक तीर्थस्थलका रूपमा योग, ध्यान, प्राकृतिक सौन्दर्य एवं शान्तिप्रेमी पर्यटकका लागि आकर्षण गर्न सकिने बताए । “ओलाङचुङगोलादेखि टिङ्करसम्म अपार बौद्ध सम्पदा र संस्कृतिहरू छन् । त्यसैगरी, काठमाडौँ उपत्यका तीनै यानहरूको अभ्यासको थलो हो,” प्रधानमन्त्रीले भने, “नेपालमा एक अलग्गै बौद्ध संस्कृति निर्माण भएको छ । तिनीहरूको यथोचित संरक्षण र संवर्द्धन तथा प्रचारप्रसार गर्न सकियो भने मुलुकले धेरै ठूलो मात्रामा पर्यटकहरूलाई आकर्षण गर्न सक्नेछ । त्यसको नेतृत्व लुम्बिनी बौद्ध विश्वविद्यालयले गर्नेछ ।”

विभिन्न विदेशी विश्वविद्यालयसँग विद्यार्थी आदानप्रदान भइरहेको आफूले जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस कार्यलाई अझ वृद्धि गर्दै बौद्ध शिक्षा अध्ययनका लागि लुम्बिनी जानुपर्छ भन्ने भाष्य विश्वभर विकास हुने र यसको जिम्मेवारी लुम्बिनी बौद्ध विश्वविद्यालयले लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस