७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वनमन्त्री महतो संयुक्त राष्ट्रसङ्घीय पर्यावरणीय सभामा भाग लिएर स्वदेश फिर्ता

अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो संयुक्त राष्ट्रसङ्घीय पर्यावरण सभा (युएनइए-६) मा सहभागी भएर आज स्वदेश फर्किएका छन् । सभा केन्याको राजधानी नैरोबीमा फेब्रुअरी २६ देखि यही मार्च १ तारिखसम्म भएको थियो ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव डा. दीपककुमार खराल, प्रवक्ता बद्रीराज ढुङ्गाना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीलगायतले स्वागत गरे ।

विमानस्थलमा मन्त्री महतोले उक्त सभा र आफ्नो भ्रमण फलदायी भएको बताउँदै सभा बहुपक्षीयताले मानव समुदायले भोगिरहेको जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको हानीको सङ्कट सामना गर्न कसरी मद्दत गर्न सक्छ भन्नेमा केन्द्रित रहेको जानकारी गराए ।

साथै उनले सभा विश्वभरिका सरकारका प्रतिनिधि, नागरिक समाज, वैज्ञानिक, निजी क्षेत्रलगायतको प्रयत्नमा वैश्विक वातावरण नीति तय गर्न महत्त्वपूर्ण अवसर बनेको सुनाए । सप्ताहव्यापी चलेको सभामा एकसय ९० देशबाट झण्डै छ हजारले भाग लिएका थिए ।

युएनइएले मानवता र प्रकृतिबीच सद्भाव पुनःस्थापना गर्न मद्दत गर्ने लक्ष्य राखेको छ । मन्त्री महतोले सो सभामा नेपाल सरकार र विभिन्न निकायबाट संरक्षणको क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिबारे विश्वस्तरीय पहिचान भएकामा खुसी व्यक्त गरेका थिए ।

सभाको उद्घाटनसत्रमा मन्त्री महतोले नेपाललाई संरक्षणको क्षेत्रमा लामो समयदेखि सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घका निकाय, विश्ववन्यजन्तु कोषलगायत दातृ संस्थाप्रति आभार व्यक्त गरे । उनले आफूहरू सबैले मिलेर काम गर्दा संयुक्त राष्ट्रसङ्घको ‘पारिस्थितिक प्रणाली पुनःस्थापनाका दशक’ कार्यक्रममा सफलता मिलेको उल्लेख गर्दै त्यस्तो सफलतासँगै देखिएका मानव–वन्यजन्तु द्वन्द्वका चुनौतीका बारेमा ध्यानाकर्षणसमेत गराउनुभएको जानकारी दिए ।

मन्त्री महतोले बासस्थानको पुनःस्थापनाको परिणामस्वरूप नेपालले पछिल्ला दशकमा बाघ र गैँडाको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न सफल भएकोबारे उक्त विश्वमञ्चमा जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस