९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दंगाली लायन्सलाई दाङ क्रिकेट लिग सिजन-२ को उपाधि 

क्रिकेट
अ+ अ-

दाङ । दाङमा सम्पन्न नेपाल टेलिकम दाङ क्रिकेट लिगको दोस्रो सिजनको उपाधि दंगाली लायन्सले जितेको छ। 

दाङ क्रिकेट संघद्वारा आयोजित लिगको फाइनलमा दंगालीले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्‍यो। 

घोराही क्रिकेट रङ्गशालामा सम्पन्न फाइनलमा दंगाली लायन्सले दिएको १०८ रनको लक्ष्य तुलसीपुरले १६ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो। 

तुलसीपुर रोयल्सको ब्याटिङमा रुपेश सिंहले २० तथा अमर सिंह रौटेलाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। 

दंगाली लायन्सका बलर बसिर अहमदले सर्वाधिक ३ विकेट लिए। प्लेयर अफ द म्याच समेत घोषित बसिरले ४ ओभरमा मात्र १३ रन खर्चिए। यस्तै विपिन खत्री, वीर बहादुर घर्ती मगर, प्रकाश जैसीले समान २ विकेट तथा शङ्कर रानाले १ विकेट लिए। 

यस अघि टस जितेर ब्याटिङ गरेको दंगाली लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०७ रन बनायो। 

दंगालीको लागि कप्तान विपिन खत्रीले सर्वाधिक ४५ रन बनाए जुन क्रममा उनले ३८ बलमा २ चौका र ३ छक्का प्रहार गरे। बसिर अहमदले २४ तथा अंकित बुढाले ११ रन बनाए। 

बलिङतर्फ तुलसीपुर रोयल्सका अमर सिंह रौटेलाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा २३ रन खर्चिए। रुपेश सिंह, भुवन कार्की, दिवान पुन र नवीन बिकले १र१ विकेट लिए। 

उपाधि सहित विजेता दंगाली लायन्सले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो। उपविजेता तुलसीपुर रोयल्सले १ लाख रुपैयाँ पायो।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द सिरिज विजेता टिम दंगाली लायन्सका बसिर अहमद घोषित भए। यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर दंगाली लायन्सका सन्तोष कार्की, उत्कृष्ट बलर पुरनधारा च्यालेन्जर्सका दिपेन्द्र रावत तथा उदयमान खेलाडी देउखुरी वारियर्सका शुभम् खनाल घोषित भए। प्लेयर अफ द सिरिजले १५ हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०र१० हजार रुपैयाँ प्राप्त गरे। फाइनल खेलका प्लेयर अफ द म्याच घोषित बसिर अहमदले ५ हजार रुपैयाँ पाए। 

दाङ क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा पाँच वटा फ़्रेन्चाइज् टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको खेलाडी छनोट अक्सनमार्फत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस