६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउनदेखि कर्मचारीको उमेर हद ६० वर्ष 

अ+ अ-

काठमाडौँ । संसदमा पेश गर्ने अन्तिम तयारीमा रहेको संघीय निजामती सेवा ऐन, २०८० मा निजामती कर्मचारीको उमेर हद बढाएर ६० पुर्‍याइएको छ तर अर्को आर्थिक वर्षदेखि मात्रै लागू हुने व्यवस्था गरिएको हो । 

ऐनको परिच्छेद ७ मा भनिएको छ, ‘निजामती कर्मचारीले साठी वर्ष उमेर पुरा भएपछि अनिवार्य अवकाश पाउनेछ ।’ तर यो ऐन प्रारम्भ भएको आर्थिक वर्ष भरी निजामती कर्मचारीको अनिवार्य अवकाश हुने उमेरको अधिकतम हद अन्ठाउन्न वर्ष कायम रहने छ । 

सो व्यवस्था अनुसार यदि सरकारले यो आर्थिक वर्ष अर्थात् असार भित्र ऐन ल्याउन सकेको अवस्थामा साउनदेखि एकमुस्ट रूपमा ६० वर्ष लागू हुने छ । 

विभिन्न चरणमा बहसमा आउने र पुनः सेलाउने गरेको ऐनमा उमेर हदबारे पनि त्यतिकै चर्चा हुँदै आइएको छ । र, पछिल्लो समय ६० वर्षमा सबै सहमत भए पनि चरणबद्ध वा एकमुष्ठ भन्नेबारे भने फरक फरक मतहरू रहँदै आएका थिए। 

एकमुष्ट ६० बनाउँदा निश्चित समूहका लागि फाइदा पुगे पनि समग्रमा न्यायोचित नहुने तथा पदपूर्तिमासमेत गम्भीर असर पर्ने तर्क एक थरीको रहँदै आएको थियो भने तत्काल कसैलाई नाफा र घाटा जस्तो देखिए पनि झन्झट भन्दा एकमुस्ट नै गर्नुपर्ने अर्को थरीको मत रहँदै आएको थियो । यसअघि अध्यादेशबाट जारी गर्न तयारी गरिएको ऐनको मस्यौदामा पनि छ-छ महिना उमेर थपेर मात्र अनिवार्य अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउने गरी प्रस्ताव गरिएको थियो । 

एकै पटक ५८ बाट ६० वर्ष उमेर हद कायम गर्दा नयाँ जनशक्तिले सेवामा प्रवेश गर्न नपाउने भएकोले नै छ-छ महिना अवधि थप गरेर मात्र उमेर हद ६० वर्ष बनाउन प्रस्ताव गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस