काठमाडौँ । कवाडी व्यवसायीहरूको आन्दोलनप्रति जनमत पार्टीले ऐक्यबद्धता जनाएको छ ।
कवाडी व्यवसायीहरूले आइतबार निकालेको विरोध र्यालीमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सहभागी भएका थिए । उनले बुद्धनगरस्थित युएन पार्क नजिक भएको सभालाई सम्बोधन समेत गरेका थिए ।
कवाडी व्यवसायीहरूमाथि दमन गरेको भन्दै कवाडी व्यवसायीहरूले विरोध प्रदर्शन गरेका थिए । काठमाडौँ महानगरपालिकाविरुद्ध नेपाल रिकलेक्टर्स एन्ड रिसाइक्लर्स एसोसिएसनले प्रदर्शन गरेको हो ।