१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिवको कोटामा विदेश जाने मन्त्रीका स्वकीय सचिव (छोरा)लाई कारबाही गर्न अख्तियारको पत्र

अ+ अ-

काठमाडौँ । सहसचिवको कोटामा विदेश जाने एक मन्त्रीका स्वकीय सचिव(छोरा)लाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । सचिव र सहसचिवका लागि तोकेर आएको उच्चस्तरीय टोलीमा विदेश जाने खानेपानी मन्त्री महेन्द्र राय यादवका स्वकीय सचिव(छोरा) सुनिल यादवलाई कारबाही गर्न आयोगले पत्र काटेको हो ।

सुनिल यादवले गैर कानुनी रूपमा कर्मचारीको कोटामा विदेश भ्रमण गरेका कारण प्रचलित कानुन अनुसार कारबाहीका लागि आयोगले गत माघ १४ को निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई पत्राचार गरेको छ । अख्तियार प्रशासन स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा यस आयोगमा दर्ता भएको खानेपानी मन्त्रीका स्वकीय सचिव सुनिल यादव समेत विरुद्धको गैर कानुनी रूपमा कर्मचारीको कोटामा विदेश भ्रमण गरेको भन्ने समेत ब्यहोराको उ.द.नं. ८०८१सी– ०४२८८७ मिति २०८०/१०/०५ को उजुरीको हकमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गर्नुहुन भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखी पठाउन मिति २०८०/१०/१४ गते आयोगबाट निर्णय भए अनुसार उजुरीको प्रतिलिपि पाना २ (दुई) यसै पत्र साथ संलग्न गरी पठाइएको ब्यहोरा अनुरोध छ ।’

अख्तियारको पत्रसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियारको निर्णयबमोजिम सुनिल यादवमाथि कारबाही गरी जानकारी गराउन राष्ट्रिय सतर्कता केन्द्रलाई आदेश दिएको छ । प्रधानमन्त्री कार्यालयले गत माघ २६ मा केन्द्रलाई दिएको आदेशमा कर्मचारीको कोटामा बाह्य व्यक्ति वैदेशिक भ्रमणमा जाने कार्यलाई रोक लगाउनुपर्ने ब्यहोराको उजुरी उपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरी आयोगको महाशाखा र यस कार्यालयमा जानकारी गराउन भनिएको छ ।

यसअघि युएन हेबिट्याटले प्रायोजन गरेको तथा उडिसा प्रदेश सरकारले आयोजना गरेको ‘इनक्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एन्ड अर्बन ट्रान्सफर्मेसन’ कार्यक्रममा भाग लिन मन्त्री यादवका छोरा सुनिल कर्मचारीको कोटामा मन्त्रालयका कर्मचारीहरूको भ्रमण दलमा सामेल भएर भारतको उडिसा गएका थिए । युएन हेबिट्याटले कार्यक्रमका लागि सचिव र सहचिवस्तरको कर्मचारीलाई सहभागी गराउन भन्दै पत्र लेखेको थियो । युएन हेबिट्याटको पत्रको दोस्रो प्यारामा सचिव र सहसचिव भन्ने तोकिएकै छ । 

तर, मन्त्रीका छोरा निमन्त्रणा नै नआएको कार्यक्रममा कर्मचारीको कोटामा सहभागी भएका थिए ।

सम्बन्धित समाचार : कर्मचारीको कोटामा मन्त्रीका छोरा विदेश शयर, सिंहदरवारमै लागू भएन सचिवको निर्णय

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका सहसचिवहरू मिना श्रेष्ठ, अर्जुन गौतम, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, विभागका दुई जना सीडीईहरू रवीन्द्र पोखरेल र रतिश ओझासँगै मन्त्रीका छोरा सुनिल भारत गएका थिए । 

त्यसो त राष्ट्रिय सतर्कता केन्द्रले यसअघि नै प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरूलाई नियम विपरीत विदेश भ्रमणमा जान रोक लगाइएको थियो । केन्द्रले कर्मचारी तथा अन्य सरकारी पदाधिकारीका लागि आएको भ्रमण कोटामा उनीहरूलाई विदेश भ्रमणमा नपठाउन लिखित निर्देशन नै दिएको थियो । 

सम्बन्धित समाचार : मन्त्रीका स्वकीय सचिव र सल्लाहकारलाई कर्मचारी कोटामा विदेश जान रोक

केन्द्रको निर्देशन विपरीत मन्त्रीका छोरा कर्मचारी कोटामा भारत पुगे ।

मन्त्रीका छोरा मात्रै होइनन्, सचिव सुरेश आचार्य नै रातो पासपोर्ट दुरुपयोग गर्दै कार्यकममा पुगे । मन्त्रिपरिषद्ले अस्वीकृत गर्दागर्दै उनी सरकारको निर्णयलाई नै चुनौती दिँदै घर बिदा लिएर रातो पासपोर्ट प्रयोग गरेर अन्तर्राष्ट्रिय कार्यक्रममा उडेको कुरा प्रशासन डटकमले यसअघि नै समाचार प्रकाशन गरिसकेको छ । 

सम्बन्धित समाचार : खानेपानी मन्त्रालयका सचिव आचार्यबाट कूटनीतिक राहदानी दुरुपयोग, अघि बढ्यो अनुसन्धान

सचिव तथा सहसचिवका लागि तोकेरै आएको उच्चस्तरीय टोलीमा मन्त्रीका छोराको नाम पनि तिनै सचिव आचार्यले पेश गरेका छन् । जसलाई मन्त्रीले स्वीकृत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस