८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपासहितको गठबन्धन सरकार बन्दै

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका नेताको प्रतिनिधित्व रहने गरी सानो मन्त्री मण्डल गठन गर्ने सहमति गरेको छ । 

प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन् । सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ । सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको संयोजनमा आज बिहान बालुवाटारमा बसेको नयाँ गठबन्धनका प्रमुख तीन दलका नेताको उपस्थितिमा यस्तो सहमति बनेको माओवादी केन्द्रका महेश्वर दाहालले जानकारी दिए ।

नयाँ मन्त्री मण्डलमा माओवादीको वर्षमान पुनलाई अर्थ मन्त्रालय जिम्मा दिने सहमति भएको  छ । पुन पहिला पनि अर्थ मन्त्री भैसकेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालयको नेतृत्व पाउने सम्भावना छ भने जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलाई परराष्ट्रको जिम्मेवारी दिइने भएको छ । यसअघि पनि गृह पाएका लामिछाने चर्को विवादमा परेपछि मन्त्रीबाट हटेका थिए ।

त्यसैगरी, एमालेका प्रमुख सचेतक पदम गिरीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दिइन भएको सूत्रले जनाएको छ ।

प्रधानमन्त्री दाहाल र नेता पुन माओवादीबाट बैठकमा सहभागी थिए भने एमालेका अध्यक्ष केपी शर्मा ओली, विष्णु पौडेल र शंकर पोखरेल थिए । त्यसैगरी रास्वपाका लामिछाने र जसपाका यादव पनि बैठकमा थिए ।

बैठकमा प्रधानमन्त्री दाहालले केहीबेर अघिसम्मको गठबन्धनको सहयात्री दल नेपाली काँग्रेसलाई सरकारबाट हट्न नभन्ने तर उसको  धारणा बुझेपछि मात्र थप निर्णय गर्ने भनेर अरु दलका नेतालाई भनेका थिए ।

आजका संसद बैठक स्थगित भएपछि राष्ट्रिय सभाका नयाँ सदस्यको शपथ ग्रहण कार्यक्रम समेत सरेको छ भने सभाको नयाँ अध्यक्षको निर्वाचन पनि नयाँ राजनीतिक समीकरण अनुसार हुने निश्चित भएको छ ।  सरकार गठनमै दलहरू व्यस्त रहेकाले संसदका कार्यक्रमहरू अनिश्चित बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस