५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दश प्रकारका आयुर्वेदिक जडीबुटीको प्रशोधन केन्द्र निर्माण गर्दै चन्द्रागिरी

अ+ अ-

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटीको उद्यान एवम् प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ ।

चन्द्रागिरि-८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषधालयलाई १५ शय्यामा स्तरोन्नति गरिसकेको नगरपालिकाले आयुर्वेदिक जडीबुटीको उद्यान एवम् प्रशोधन केन्द्र निर्माण गर्ने भएको हो ।

नगरपालिकाले आफ्ना सामुदायिक वनभित्र रहेका आयुर्वेदिक प्रजाति सुगन्धवाला, चिराइतो, गुर्जो, तितेपाती, टिमुर, पाखानवेद, धासिङ्गरे, लौठसल्ला, पिपला र कौलोको संरक्षण, उपयोग एवम् प्रवर्द्धन गर्न लागेको हो। यसका लागि नगरपालिकाले पहिलो पटक जडीबुटीको स्रोत सर्वेक्षण सम्पन्नसमेत गराएको छ ।

चन्द्रागिरिका १५ सामुदायिक वनमध्ये जडीबुटी क्षेत्र पहिचान गरेका विभिन्न आठ वन सर्वेक्षणमा समेटिएका थिए । ती वन समूहमा मसिने, चन्द्रागिरि, मच्छेनारायण, चुनदेवी, गुमालचोक सचेत महिला, काफलडाँडा, रातमाटेडाँडा, जमुनाडाँडा वनक्षेत्रमा अध्ययन टोलीले वैज्ञानिक अध्ययन गरेको थियो ।

अध्ययनका क्रममा वन क्षेत्रका सात सय १३ हेक्टरमध्ये एक सयदेखि एक सय ५० हेक्टरमा जडीबुटी पाइएको थियो । सर्वेक्षणले वर्षमा कम्तीमा ३५ लाख बराबरको जडीबुटी संकलन गर्न सकिने, यदि ती जडीबुटी संकलन नगर पनि बिरुवा मरेर नजाने, कुहिएर जाने तथा कुनै क्षति नपुर्‍याउने सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस