६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभाग परिसरकै हिलाम्मे बाटोको फोटो भाइरल भएकोप्रति डिभिजन कार्यालय असन्तुष्ट

अ+ अ-

काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौँले वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडी अतिरञ्जित गरेको भन्दै असन्तुष्टि जनाएको छ । सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा तस्बिर नै राखी सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति कार्यालयले असन्तुष्टि जनाएको हो ।

आइतबारको वर्षाका कारण विभागको कार्यालय परिसर भित्रैको सडक हिलाम्मे भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि असन्तुष्टि जनाउँदै कार्यालयले वास्तविकता नबुझी स्वघोषित विज्ञ नबन्न चेतावनी दिएको छ । ‘विगत २४ घण्टामा सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा तस्बिर नै राखी सामाजिक सञ्जालमा आएका अतिरञ्जित प्रतिक्रिया बारे सडक डिभिजन काठमाडौँको गम्भीर ध्यानाकर्षण भएको छ’, कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो सडकको निर्माणलाई प्राथमिकतामा राखिएको र निर्माण व्यवसायी पनि समय अगावै निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिरहेको सन्दर्भमा निर्माणाधीन सडकमा आएको समस्यालाई लिएर वास्तविकता नबुझी तथा यस किसिमका स्वाभाविक समस्यालाई बुझी बुझी पनि बुझ पचाउने, आफूलाई पूर्वाधार विज्ञ सम्झिने, स्वघोषित विज्ञहरूले भाइरल हुनका निम्ति यस किसिमको हर्कत गर्नु अझ दुर्भाग्य हो ।’

उक्त सडक यसै आ।व। मा सम्पन्न हुने गरी २०८०-१०-१८ गते सम्झौता भइसकेको कार्यालयले जनाएको छ । डिभिजनसँग सडक विभागको परिसरमा स्तरोन्नति गर्ने कामका निमित्त सम्झौता गरेको निर्माण व्यवसायीले २०८०-११-१९ गते शनिवार सवग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडी अतिरञ्जित गर्नु खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ ।

‘सडक विभाग, सडक डिभिजन काठमाडौँ मातहतका सडकहरूमा खाल्डा रहित बनाउने अभियानमा जुटेको संस्थालाई यस किसिमको हर्कत भनेको मनोबल गिराउने, समाजमा नकारात्मक सन्देश फैलाई देशमा केही राम्रो काम हुँदैन, सबैतिर यस्तै हो भन्ने खालका टिप्पणीले विद्यार्थीदेखि सबैमा नकारात्मक मनोभाव उत्पन्न भई विदेशिने कारण मध्ये यस्तै हर्कत पनि मुख्य रूपमा आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस