काठमाडौँ । नयाँ गठबन्धनका चार दलबीच आठ बुँदे सहमति भएको छ ।
एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ ।
मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने चार दलको निर्णय छ ।
साझा न्यूनतम कार्यक्रम बनाउने, चार दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शान्ति प्रक्रिया सहमतिका आधारमा अविलम्ब टुङ्गाउने, संघीय कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तलका सरकारलाई प्रभावकारी बनाउने पनि चार दलबीच सहमति भएको छ ।
