काठमाडौँ । जनमत पार्टीले सकारमा जान मधेश प्रदेशमा मुख्यमन्त्री हुनुपर्ने बटमलाइन अघि सारको छ ।
मधेशमा सरकार निर्माणका लागि निर्णायक रहेको जनमतले मुख्यमन्त्री नपाएसम्म सत्ता गठबन्धनमा नजाने जनाएको छ ।
प्रतिनिधिसभामा ६ सिट रहेको जनमत र १२ सिट भएको जनता समाजवादीबीच मधेशमा चर्को संघर्ष हुँदै आएको छ ।
हाल जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । दुई दलबीच द्वन्द्व हुँदा केही समयअघि जनमत मधेश सरकारबाट बाहिरिएको थियो ।