काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बुधवार राति नै पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको शपथपछि सिंहदरवारस्थित मन्त्रालयमा आएर पद बहाली गरेका मन्त्री जोशीले बिहीबार(आज) मन्त्रालयका कर्मचारीहरूसँग परिचयसँगै सामूहिक निर्देशन दिने कार्यक्रम रहेको छ ।











को हुन् जोशी
२०३६ सालमा अनेरास्ववियूबाट राजनीति शुरु गरेका भानुभक्त जोशी माधव नेपाल समूहको नेकपा एकीकृत समाजवादी पार्टीका नेता हुन् । बझाङ छविसपाथिभेरा गाउँपालिकाका स्थायी बासी जोशी २०५१ सालको मध्यावती निर्वाचनमा बझाङबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए ।
२०६४ सालमा संविधानसभा सदस्य रहेका उनी ०६८ को झलनाथको क्याबिनेटका वन तथा भू–संरक्षण मन्त्रीसमेत बनेका थिए थिए । नेकपा एमालेको जिल्ला, अञ्चल कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय सदस्य हुँदै नेकपा एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेता जोशी सरल र भद्र स्वभावका नेताका रूपमा चिनिन्छन् ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति रहेका जोशीले बुधवार साँझ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व सम्हालेका छन् ।