८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिटी र रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

अ+ अ-

काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । मंगलबार राति भएको खेलमा सिटीले डेनमार्कको क्लब एफसी कोपनहेगनसँग दोस्रो लेगमा ३-१ गोल अन्तरले पराजित गरेको थियो । पहिलो लेगमा पनि ३-१ कै जित निकालेको सिटीले समग्रमा ६-२ को जित निकाल्न सफल भयो ।

मंगलबार राति सिटीले खेलको पाँचौं मिनेटमा अग्रता लिएको थियो । म्यानुएल अकांजीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनलाई जुलियन अल्भारेजले गोल गर्न महत्त्वपूर्ण सहयोग गरे । त्यसपछि ९ औं मिनेटमा अल्भारेजले आफै गोल गरेपछि सिटीले अग्रता दोब्बर बनाएको थियो ।

तर, २९ औं मिनेटमा मोहम्मद इलुनोसीले गोल गरेपछि एफसी कोपनहेगनले अन्तर २-१ मा झारेको थियो । तर, पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई ३-१ को सहज अवस्थामा लगे । दोस्रो हाफमा दुवै तर्फबाट गोल नभएपछि सिटीले समग्रमा ६-२ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।

यसैगरी अर्को खेलबाट स्पेनिस क्लब रियल मड्रिडले पनि अन्तिम ८ मा स्थान पक्का गरेको छ । मंगलबार राति भएको खेलमा जर्मन क्लब आरबी लाइप्जिङसँग एक एक गोलको बराबरी खेले पनि पहिलो लेगमा जित हात पारेको रियललाई अन्तिम ८ मा पुग्न पर्याप्त भयो ।

 पहिलो लेगमा रियल १–० ले विजयी भएको थियो । मंगलबार राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दा रियल समग्रमा २–१ को नतिजाका साथ क्वाटरफाइनलमा प्रवेश गरेको हो । रियलले ६५ औं मिनेटमा भिनिसियस जुनियको गोलमा अग्रता लिएको थियो । ६८ औं मिनेटमा विल ओर्वनले लाइप्जिङका लागि बराबरी गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस