९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाको राजनीतिक अधिकार स्थापित भएको छ : सभामुख घिमिरे

अ+ अ-

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । 

उनले महिला दिवसका अवसरमा आज यहाँ जारी गरेको शुभकामना सन्देशमा स्वदेश एवं विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । 

 ‘विश्वमा सदियौँदेखि चलिरहेको महिला अधिकार आन्दोलन फरकफरक स्वरूपमा आज पनि जारी छ, नेपालमा पनि विभिन्न आन्दोलनले महिलाको राजनीतिक अधिकारलाई विश्वमै उदाहरणीय हुने गरी स्थापित गरेको छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘राजनीतिक अधिकारको अर्थ समानता, स्वतन्त्रता, अवसर, पहुँच, पहिचान र हैसियतको प्रयोगमा बराबरीको हिस्सा पनि हो, राजनीतिकरूपमा महिलाको अधिकार सुनिश्चित भए पनि सशक्तीकरणको लक्ष्य प्राप्त गर्न सबै पक्ष र क्षेत्रमा सकारात्मक सोच, दृढ इच्छाशक्ति र प्रतिबद्धता हुन जरुरी छ ।’

‘महिलामा लगानी स् सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ यो दिवस नेपालमा आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको सुनिश्चित गर्न सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रत्येक मार्च ८ को दिनमा नारीहरूको सम्मान, जागरण, हक, अधिकारको सुनिश्चित गर्दै संसारभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । 

अन्तर्राष्ट्रिय महिला दिवसलाई महिला जागरुकतासम्बन्धी दिवसको रूपमा पनि लिने गरिएको छ । राजनीतिक तवरबाट सुरु भएको भए तापनि हाल यस दिवसमा महिला अधिकार, महिला सशक्तीकरण र लैङ्गिक समानता आदि सवालमा बहस हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस