७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ सत्ता समीकरणमा लुटतन्त्र र भ्रष्टाचार मात्र चल्नेछ : राजेन्द्र महतो  

अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी छाडेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’को अभियान थालेका राजेन्द्र महतोले नयाँ बनेको गठबन्धन सरकारबाट जनताले केही पनि नपाउने टिप्पणी गरेका छन् । 

शनिबार उद्योग वाणिज्य संघ जनकपुरधाममा आयोजित राष्ट्रिय मुक्ति क्रान्तिको वृहत संवादात्मक कार्यक्रममा सहभागी हुनजान लागेका महतोले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग यस्तो टिप्पणी गरेका हुन् ।

नयाँ गठबन्धन सरकारले जनताको इच्छा आकांक्षा पूरा नगर्ने उल्लेख गर्दै उनले नयाँ बनेको सत्ता समीकरणको सरकार कुर्सीको हेराफेरी र भाग मिलाउनका लागि मात्रै भएको टिप्पणी गरे । 

उनले भने, ‘यो पालैपालो लुटतन्त्र मच्चाउनले कुर्सीको खेल मात्रै हो । यो वा पहिलो जुनसुकै गठबन्धन सरकार आएपनि जनताले केही पाउने होइनन् । उनीहरुबाट विकास हुने होइन । लुटतन्त्र र भ्रष्टाचार चल्ने मात्रै हो । त्यसकारण यो सत्ता समीकरणबाट बनेको सरकारबाट जनताले केही पाउँदैनन् ।’

मधेसवादी दलहरुमा एकताबद्ध हुन नसकेको र महतो आफैँ कही टिक्न नसकेको सञ्चारकर्मीको जिज्ञासामा महतोले स्वार्थको लागि मधेसवादी दलहरू फुट्ने र जुट्ने प्रक्रिया चलिरहने बताए ।

मधेसवादी दलहरू एक्ला एक्लै लडेकाले अधिकार र पहिचानवादीहरूको आन्दोलन सफल हुन नसकेको बताएका उनले मधेसमा भएका सबै आन्दोलनको संयुक्त रूपमा राष्ट्रिय मुक्ति क्रान्तिलाई अघि सारेको र त्यसले बहुलराष्ट्रिय राज्य स्थापना गर्ने जिकिर गरे । देश सबै नेपालीको बन्नै नसकेको बताएका उनले त्यो नै आजको समस्या भएको धारणा राखे । 

‘अधिकार, पहिचानको कुनै पनि आन्दोलन हामी एक्ला एक्लै लडेकाले सफल भएन । सम्पूर्ण अधिकार पहिचानवादीको लागि अब राष्ट्रिय मुक्ति क्रान्तिको नेतृत्वमा एकीकृत आन्दोलन गर्नुपर्छ ।  मधेस, थरुहट आन्दोलन, जनजाति अन्दोलनलगायतका सबै आन्दोलनको संयुक्त रुप भनेको राष्ट्रिय मुक्ति क्रान्ति हो र यसले देशमा बहुलराष्ट्रिय राज्य स्थापना गर्छ’, महतोले भने ।  

प्रतिक्रिया दिनुहोस