८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको बिदाइ

अ+ अ-

काठमाडौँ । महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शनका लागि आएका स्वदेश तथा विदेशका गरी तीन हजार दुई सय ८९ साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिएको छ ।

आज बिहान ११ बजेदेखि सबै साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिए। 

उनका अनुसार ‘क’ वर्गका आठ, ‘ख’ वर्गका २५, ‘ग’ वर्गका २८, ‘घ’ वर्गका ४०, ‘ङ’ वर्गका ४५, ‘च’ वर्गका ८२, ‘छ’ वर्गका एक सय ४३, ‘ज’ वर्गका दुई सय ५२, ‘झ’ वर्गका तीन सय ५७, ‘ञ’ वर्गका दुई सय ५५, ‘ट’ वर्गका आठ सय २२ तथा अन्य मगन्तनारायण एक हजार दुई सय ३२ गरी कूल तीन हजार दुई सय ८९ साधुसन्त महाशिवरात्रिमा पशुपतिनाथमा आएका थिए ।

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । उनका अनुसार कोषले स्वदेश तथा विदेशबाट आएका साधुसन्त बाबालाई पाशुपत क्षेत्रमा खिर खुवाएर, दानभेटी, मिष्ठान्न प्रसाद दिएर बिदाइ गरेको हो । बिदाइ गर्दा गुठी संस्थानले बाबाहरूलाई दक्षिणा दिने प्रचलन छ ।  

नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी उनीहरूलाई दक्षिणा दिने प्रचलन रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । गुठी संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने विधि रहेको छ । 

प्रतिक्रिया दिनुहोस