काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले अब अनलाइन प्रक्रियाबाट सेवा प्रवाह गर्ने भएको छ । सेवा प्रवाह छिटो छरितो, कम खर्चिलो तथा नागरिकमैत्री बनाई ई-गभर्मेन्सको अवधारणालाई कार्यान्वयन गर्न अनलाइन माध्यमबाट सेवा प्रवाह गर्न लागिएको कार्यालयले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले सूचना निकालेर कार्यालयबाट प्राप्त हुने सेवाहरू दलित/जनजाति/खसआर्य प्रमाणित सिफारिसलाई अनलाइन माध्यमबाट प्रवाह गर्ने निर्णय भएकाले जानकारी दिएका हुन् ।
