७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेशम चौधरी भन्छन्- रन्जिता र मेरो असमझदारी घर झगडा होइन, राजनैतिक हो

अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता रेशम चौधरीले आफू र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठबीचको असमझदारी घर झगडा नभएर राजनैतिक रहेको बताएका छन् । रेशम चौधरीले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रष्टीकरण दिएका हुन् ।

नेता चौधरीले पार्टीको अवस्थाबारे व्याख्या गर्दै भनेका छन्, ‘विषय जित हारको होइन, आज जिते प्रचण्ड,ओली जित्लान् । भोलि फेरि देउवा जित्लान् । सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिद्ध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौँ, आफ्नो पार्टी निर्माणमा जुटौँ ।’

जुनसुकै गठबन्धनमा लाग्नु भनेको पार्टी डुबाउनु भएको भन्दै उनले भनेका छन्, ‘सन्दर्भ: घर झगडा हुँदै होइन, विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो ।’ उनले एमाले, माओवादी, काँग्रेसलाई उदाहरण दिँदै भनेका छन्, ‘यी ठुला दलका नेता, कार्यकर्ता सांसद कतै चलमलाएका छन् र तर एकीकृत समाजवादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपा जस्ता साना दलमा कत्रो भुईँचालो गएको छ ?’

नेता चौधरीले नागरिक उन्मुक्ति पार्टी काँग्रेस कम्युनिस्ट नभई भौगोलिक सांस्कृतिक पहिचानसहितको सङ्घीयताका लागि समुदायमा आधारित समाजवाद प्रतिउत्पादनका लागि जन्मेको पार्टी रहेको स्पष्ट पारेका छन् ।

आफू र श्रीमती रन्जिताको विषयमा उनले लेखेका छन्, ‘म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घण्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन् ।’ उनले रन्जिताको भनाइ उदृत गर्दै भनेका छन्, ‘प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न ।’

उनले टिकापुर घटनापछि पनि प्रचण्ड दुईचोटी प्रधानमन्त्री भएको तर रिहा नगरेको बताएका छन् । उनले भनेका छन्, ‘अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौँ र तिमी पनि मन्त्री भएकी हौँ । नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उख्ल्नेवाला छैनौँ । जताबाट पनि भलो ठुलै दलको हुने हो,हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो ।’

केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कारबाही हुने भन्दै कारबाही भोग्न पनि तयार हुनुपर्ने उनको भनाइ छ । नेता चौधरीले लेखेका छन्, ‘मेरा कारण लाखौँ जनताको मन दुखेको मलाई अनुभूत भएको छ, त्यस कारण म क्षमा चाहन्छु । तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन ।’

प्रतिक्रिया दिनुहोस