१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको कलाकौशल र संस्कृतिप्रति विश्वसमुदाय लालायित छ : राष्ट्रपति पौडेल

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कलाकौशल र संस्कृति विशिष्ट खालको भएकै कारण विश्वसमुदाय लालायित हुने गरेको बताएका छन् । उनले नेपालले यही संस्कृति सम्पदा र सुन्दर प्रकृतिको संरक्षण र प्रचार गर्न सके पर्यटनको माध्यमबाट मुलुकको विकास र समृद्धिको आधार खडा हुने दाबी गरे । 

बुधबार ललितपुरको बालकुमारीमा नवनिर्मित बालकुमारी मन्दिरको समुद्घाटन गर्दै राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाले कला, सम्पदा र संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरे । 

‘आज विश्वको आकर्षण नेपालप्रति छ, किनभने हाम्रो संस्कृति, मठमन्दिर, कलाकौशल र प्रकृति विचित्रको छ । यो अत्यन्तै वैभवशाली छ । यसैका कारण हाम्रो कलाकौशल र सुन्दर संस्कृतिको अवलोकन गर्न विश्वसमुदाय लालायित छ । ललितपुर महानगरपालिकाबाट यसको संरक्षण र जगेर्ना गर्ने काम भइरहेको छ,’ राष्ट्रपति पौडेलले भने । 

उनले ललितपुर देशकै नमुना स्थानीय सरकार रहेको भन्दै त्यहाँबाट अरूले पनि सिक्नुपर्ने बताए । ‘ललितपुर महानगरपालिकाले अहिले देशभरिका स्थानीय तहबाट नमूना काम गरेर देखाएको छ । यहाँको कार्यशैली र नेतृत्वबाट अन्य स्थानीय तहले धेरै कुराहरू सिक्न सक्ने देखिरहेको छु,’ राष्ट्रपति पौडेलको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस