११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको टिप्पणी : काँग्रेसले इमानको कुरा गर्दा आश्चर्य लाग्यो

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरूलाई बेइमान भन्नुअघि आफ्नो विगत सम्झिन आग्रह गरेका छन् । काँग्रेसले गठबन्धन बदल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयलाई राजनीतिक बेइमानी भनेको छ ।

बुधबार संसदमा प्रधानमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको समर्थन गर्दै ओलीले काँग्रेसले धोका भएको भनेकामा आश्चर्य लागेको बताए ।

‘नेपाली काँग्रेसले रोस्ट्रममा उभिएर जुन इमानको कुरा गर्‍यो त्यसले अचम्म लाग्यो । कसरी भन्न सकेको होला, ढुक्कैले ?’, ओलीले भने, ‘एउटा औला अरूलाई देखाउँदा अरू औला आफूतिर फर्किन्छन् भन्ने बिर्सिनु हुँदैन ।’

ओलीले आफूलाई काँग्रेससँग भनाभन गर्न मन नलागेको भन्दै आफूलाई इमानको खानी र वाचा बन्धनमा अडिएको नठान्न आग्रह गरे । ‘साह्रै वाचावन्धनमा अडिएको, इमानै इमानको खानी, बेइमानी भनेको थाहै नपाएको, गर्दै नगर्ने, देख्दै नदेखेको भन्दा आश्चर्य मात्रै व्यक्त गरेको’ ओलीले भने ।

ओलीले संविधान निर्माणपछि आफ्नो नेतृत्वमा सरकार बनाउने सहमति भइसकेको अवस्थामा काँग्रेसले धोका दिएको स्मरण गरे ।

‘०७० सालको चुनावपछि नेपाली काँग्रेसको बहुमत थिएन । तर हाम्रोभन्दा दुई सिट भए पनि बढी थियो, त्यसैले उसले प्राथमिकता पाओस् । नेपाली काँग्रेसको नेता प्रधानमन्त्री हुनुहोस्, त्यसपछि हामी बनौँला भनेर मैले नै भनेको थिएँ’, उनले भने, ‘‘ पछि त सहमति पालना गर्नु कता हो कता । (प्रधानमन्त्रीमा) प्रस्ताव गर्नुहोला भनेको त आफै उम्मेदवार हुन पुग्नुभयो ।’

प्रतिक्रिया दिनुहोस