८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक सहयोगको नाममा ठगी गर्ने ३ जना पक्राउ

अ+ अ-

काठमाडौँ । सर्वसाधारणलाई आर्थिक सहयोग गर्ने भन्दै विभिन्न माध्यमले ठगी गर्ने काममा संलग्न रहेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका-८ बाट तीन जनालाई पक्राउ गरेको छ ।

विपन्न परिवारलाई आर्थिक प्रलोभनमा पारी ठगी गर्ने एक जना महिलासहित अनलाइन ठगीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ मंगलबार साँझ पक्राउ गरेको हो ।

स्थानीय विपन्न परिवारलाई सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भइ काठमाडौं बस्दै आएकी २३ वर्षीया सुनिता खत्रीले आर्थिक सहयोगका नाममा ठगी गरेको प्रहरीको भनाइ छ ।

उनले ‘डब्लु बिएससी’ कम्पनीबाट गरिब र असहायलाई आर्थिक सहयोगको लागि आएको भनी प्रतिव्यक्ति १ हजार, १५ सय र ५ सयका दरले रकम वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

रकम वितरण गरेर उनीहरूको फोटो खिच्ने र नेपाली नागरिकताको फोटोकपी लिने गरेको पाइएको छ । त्यस्तो गतिविधि भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली परिचालन भएको थियो ।

टोलीले नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा गाउँमा खिचेका व्यक्तिहरूको फोटो र नेपाली नागरिकताको फोटोहरू बंगलादेशी नागरिक पल्लाबी ढाका बस्ने ४९ वर्षीय महमद खालिद हुसेन र बंगलादेशकै सीतागन्ज घर भई हाल काठमाडौँ नयाँ बजारमा बस्दै आएका ३७ वर्षीय महमद तानबिर हुसेन पनि संलग्न रहेको पाएको थियो ।

उनीहरुले सर्वसाधारणको नागरिकता र फोटो दुरुप्रयोग गरी गैरकानुनी रुपमा इसेवा र खल्ती जस्ता अनलाइन खाताहरु खोली आर्थिक अपराध, अनलाइन ठगी गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले ठगीमा संलग्न महमद हुसेन र महमद तानबिर हुसेनलाई सुन्दरहरैँचा नगरपालिका–४ बलियाबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रयोग नभएको एनसेल कम्पनीको सिमकार्ड, राहदानी, मोबाइल फोन, नगद र एटीएम कार्ड समेत प्रहरीले बरामद गरेको छ । उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस