काठमाडौँ । जीवन गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । सुन तस्करीमा संलग्न रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले शुक्रबार जिल्ला अदालत काठमाडौँमा उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
गुरुङ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार हुन् । गुरुङविरुद्ध १ अर्ब ४० करोड बिगो र ५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर भएको भन्सार कार्यालयका प्रवक्ता गगन बहादुर बिकेले जानकारी दिए । सरकारी वकिल कार्यालयले अनुमति दिएसँगै गुरुङविरुद्ध मुद्दा दायर भएको हो ।
गोरखाका चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो ।