६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन वर्षभित्र सिद्धबाबा सुरुङमार्गको निर्माण कार्य सक्न मन्त्री महासेठको निर्देशन

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले शुक्रबार सिद्धबाबा सुरुङमार्गको अनुगमन गरेका छन् ।

सुरुङमार्गको अनुगमनका क्रममा उनले हालसम्म भएको भौतिक प्रगतिको बारेमा जानकारी लिँदै २०८३ सालभित्रै सुरुङमार्ग निर्माण गरिसक्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् ।

मन्त्री महासेठले निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका प्रतिनिधि र आयोजना हेर्ने सडक डिभिजनका इन्जिनियरहरूलाई गुणस्तरमा सम्झौता नगर्न र तोकिएको मितिमा निर्माण पूरा गर्न निर्देशन दिँदै यसका लागि बजेटको अभाव हुन नदिने बताए ।

७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा बन्ने सुरुङमार्ग निर्माणले पछिल्लो समय गति लिएको भन्दै यसलाई निरन्तरता दिन मन्त्री महासेठले आग्रह गरे ।

उक्त अवसरमा आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले अहिलेसम्म १७ प्रतिशत भौतिक प्रगति भएको र कामले रफ्तार लिएको जानकारी गराइन् । उनका अनुसार ३५ जना चिनियाँ इन्जिनियर र १०० जना नेपाली प्राविधिकले नियमित काम गरिरहेका छन् ।

यस्तै मन्त्री महासेठले बुटवल-नारायणगढ सडकको सास्ती पनि छिट्टै हट्ने बताएका छन् । बुटवलमा रोटरी क्लबको १६औं जिल्ला सम्मेलन उद्घाटन गर्दै मन्त्री महासेठले सडक निर्माणको गति तीव्रताका साथ अगाडि बढेको भन्दै अब नरोकिने बताए ।

मन्त्री महासेठले बुटवलदेखि गोरुसिंगे-चन्द्रौटा सडक निर्माणको काम पनि अब छिट्टै अगाडि बढ्ने बताए । बुटवल–बेलहिया सडक र भैरहवा-लुम्बिनी सडकमा अलपत्र पुलको निर्माण सम्पन्न गर्न पनि उनले निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस