७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रिमियर लिगमा फुलह्याम र बर्नले विजयी  

अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा फुलह्याम र बर्नलेले जित निकाल्दा लुटन र नटिङघम फरेस्टले बराबरी खेलेका छन् । 

शनिबार राति भएको खेलमा फुलह्यामले टोटनह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो । फुलह्यामको जितमा रोड्रिगो मुनेजले २ गोल गर्दा सा लुकीले एक गोल थपे । 

खेलको ४२ औँ मिनेटमा एन्टोनी रोविनसनको पासमा मुनेजले गोल गर्दै फुलह्यामलाई अग्रता दिलाए । ४९ औँ मिनेटमा लुकीले टिमोटी कास्टेग्नेले गोल गरेपछि फुलह्यामले अग्रता दोब्बर बनाएको थियो ।

यस्तै, ६१ औँ मिनेटमा मुनेजले व्यक्तिगत दोस्रो गोल गर्दा फुलह्यामले ३-० को सहज जित निकाल्न सफल भयो । जितसँगै फुलह्याम ३८ अंकका साथ तालिकाको १२ औँ स्थानमा रहेको छ भने पराजित भएको टोटनह्याम ५३ अंकका साथ तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा बर्नलेले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको छ । ब्रेन्टफोर्ड आठौँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । सर्जियो रिगुलियन रातो कार्ड पाउँदै मैदान छाडेका थिए । त्यसपछि पाएको पेनाल्टीमा बर्नलेका ज्याकोब लार्सेनले गोल गर्दै अग्रता दिलाए । ६२ औँ मिनटमा डेभिड फोफानाले गोल गर्दै बर्नलेको अग्रता दोब्बर पारेका थिए ।

तर, ८३ औँ मिनेटमा क्रिष्टोफोर अजेरले ब्रेन्टफोर्डका लागि गोल गर्दै अन्तर कम गरे पनि हार टार्न सकेनन् । प्रिमियर लिग तालिकामा बर्नले १९ औँ तथा ब्रेन्टफोर्ड १५ औँ स्थानमा छ ।

यसैगरी नटिङघम फरेस्ट र लुटन टाउनले एक-एक गोलको बराबरी खेल्दै एक- एक अंक लिएका छन् । ३४ औँ मिनेटमा क्रिस वुडले गोल गर्दै नटिङघम फरेस्टलाई अग्रता दिलाएका थिए । तर, ८९ औँ मिनेटमा लुटनका लागि लुकी बेरीले बराबरी गोल गर्दै महत्वपूर्ण एक अंक दिलाए । नटिङघम १७ औँ तथा लुटन १८ औँ स्थानमा छ ।

प्रिमियर लिगमा आज राति नेपाली समय अनुसार पौने ८ बजे वेस्टह्याम र एस्टन भिल्ला भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस