७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा पर्यटन परिषद्ले प्रधानमन्त्रीलाई बुझायो मागपत्र

अ+ अ-

काठमाडौँ । पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको मागलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाएको छ ।

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ नेतृत्वको टोलीले आज पोखरामा प्रधानमन्त्रीलाई भेटेर मागपत्र बुझाएको हो । पोखरा जोडने मुख्य सडकहरुको अवस्था विकराल रहेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको भन्दै परिषद्ले ध्यानाकर्षण गराएको हो । परिषद्ले छिटो उडान सञ्चालनको अनुरोध समेत गरेको छ ।

मागपत्रमा पर्यटन व्यवसायीले केही वर्षयता एकपछि अर्को संकटको सामना गर्नुपरेको उल्लेख छ । अर्थतन्त्रमा शिथिलता पैदा हुँदा लगानी सङ्कटमा रहेको र रोजगारी घटेको भन्दै परिषद्ले व्यवसायीलाई ऋण तिर्न सक्ने समय र उत्प्रेरणा आवश्यक रहेको जनाएको छ ।

पर्यटन बोर्डको पुनःसंरचनासहित हाल रिक्त कार्यकारी बोर्ड सदस्यमा पोखराको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नेपाल एयरलाइन्सबाटै सुरु गरी अन्य एयरलाइन्सलाई पनि सुविधासहित प्याकेज दिई प्रोत्साहनको माग गरिएको छ ।

गत वर्ष नवौँ राष्ट्रिय प्रतियोगिताका क्रममा दुर्घटना भई एक खेलाडीको मृत्यु भएपपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङको एकल उडान बन्द गरेको थियो । उडान बन्द हुँदा खेलाडीले अभ्यास गर्न नपाउँदा खेलाडीको मनोविज्ञानमा असर परेको परिषद्ले मागपत्रमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस