७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वुमन्स प्रिमियर लिगको उपाधि बैंग्लोरलाई 

अ+ अ-

काठमाडौँ । भारतमा भएको वुमन्स प्रिमियर लिगको उपाधि रोयल च्यालेन्जर्स बैंग्लोरले जितेको छ । आइतबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोरले उपाधि जितेको हो ।

समूह चरणमा शीर्ष स्थानमा रहेर फाइनल पुगेको दिल्ली भने फाइनल खेलमा उपाधि लिनबाट चुक्न पुग्यो । वुमन्स लिगमा सधैँ बैंग्लोरमाथि हाबी भएको दिल्लीले फाइनलमा भने मौका गुमाएको हो । यसअघि पाँच पटक आमने सामने हुँदा दिल्ली चार पटक विजयी भएको थियो ।  

नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा आइतबार टस जितेर ब्याटिङमा आएको दिल्ली क्यापिटल्स १८.३ ओभरमा ११३ रनमा अलआउट भएको थियो । जवाफमा बैंगलोरले १९.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । एलिस पेरीले ३५ रन र ऋचा घोषले १७ रनको योगदान दिएकी थिइन् । सोफी डिभिनले ३२ र कप्तान स्मृति मन्धानाले ३१ रन जोडिन् ।

यसअघि दिल्लीका लागि ओपनर शेफाली वर्माले २७ बलमा ४४ रनको इनिङ खेलेकी थिइन् भने कप्तान मेग ल्यानिङले २३ रनको योगदान दिएकी थिइन् । 

दिल्लीले शेफाली वर्मा र कप्तान मेग ल्यानिङको साथमा राम्रो सुरुवात गरेको थियो । दुवैले ४३ बलमा ६४ रनको ओपनिङ साझेदारी गरेका थिए । टोलीले ठूलो स्कोर बनाउने देखिए पनि ओपनर शेफाली वर्मा आउट हुने बित्तिकै विकेट झर्ने प्रक्रिया सुरु भयो ।

टोलीले ५५ रनमा थप ९ विकेट गुमाएको थियो । कप्तान मेग ल्यानिङले इनिङ्सलाई सम्हाल्ने असफल प्रयास गरिन् । टोलीका बाँकी ब्याटरले खास रनको योगदान गर्न सकेनन् । बैंग्लोरका लागि श्रेयंका पाटिलले सर्वाधिक ४ विकेट लिँदा सोफी मोलिनक्सले ३ विकेट हात पारिन् । यस्तै, आशा सोभनाले २ विकेट लिइन् ।

११४ रनको सहज लक्ष्य बेङ्लुरुका ब्याट्सम्यानले निकै संयमित ढंगले पछ्याएको थियो । कप्तान स्मृति मन्धाना र सोफी डिभिनको ओपनिङ जोडीले टोलीको जितको आधार तय गरेका थिए । दुवैले ४९ बलमा ४९ रनको ओपनिङ साझेदारी गरेका थिए । त्यसपछि कप्तान एलिस पेरी (नटआउट ३५)सँगै टोलीको स्कोर ८२ रनमा पुराइन् । स्मृति आउट भएपछि, पेरी र ऋचा घोषले पारिलाई सम्हाल्दै जित दिलाए । पेरीले ३५ तथा घोषले १७ रनको नटआउट पारि खेले । दिल्लीका शिखा पाण्डे र मिन्नु मणिले एक–एक विकेट लिए ।

उपाधि विजेता बैंग्लोरले ६ करोड भारतीय रुपैयाँ पुरस्कार पाउँदा दिल्लीले ३ करोडमा चित्त बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस