६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वर्गद्वारी गुठीपीडित किसान अगुवाहरू राजधानीमा

अ+ अ-

काठमाडौँ । झन्डै एक महिनादेखि दाङमा आन्दोलन गर्दै आएका स्वर्गद्वारी गुठीपीडित किसान संघर्ष समितिका अगुवाहरू तत्काल गुठी विधेयक ल्याउन माग गर्दै काठमाडौँ आइपुगेका छन् ।

उनीहरूले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्मा, नेकपा एमालेका महासचिव शङ्कर पोख्रेल र नेपाली काँग्रेसका नेता एवं दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दीपक गिरीसँग भेटघाट गरेका छन् । स्वर्गद्वारी गुठीको जग्गा सदियौँदेखि जोतभोग गर्दै आए पनि स्वामित्व पाउन नसकेको भन्दै उनीहरूले फागुन ८ गतेदेखि दाङमा आन्दोलन गर्दै आएका छन् ।

किसानहरूको आन्दोलनपछि सरकारले गुठी पीडित संघर्ष समितिसँग वार्ता गर्न फागुन १७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा फागुन २० गते वार्ता टोलीले दाङमै प्रारम्भिक छलफल गरी पन्ध्र दिनभित्र प्रतिवेदन तयार पार्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

समितिले दिएको सो समय सकिन थालेकाले आफूहरूका मागप्रति सरकारलाई थप संवेदनशील बनाउन काठमाडौँ आएको गुठी पीडित संघर्ष समितिका अगुवा प्रवीण दहित थारुले जानकारी दिए । अर्का अगुवा लालबहादुर चौधरीले अघिल्लो पटक आफूहरूले प्रधानमन्त्रीसँग भेट गरी तत्काल गुठी विधेयक ल्याउन माग गरेको तर आफूहरूको मागअनुसार विधेयक नआएकाले दाङमा आन्दोलन गर्नु परेको उल्लेख गर्दै अब समस्या समाधान नहुँदासम्म आन्दोलन नरोकिने बताए ।

संघर्ष समितिका पदाधिकारी तथा दाङका आएका राजनीतिक दलका प्रतिनिधिहरूसँगको छलफलमा सञ्चार मन्त्री शर्माले किसानका मागमा सरकार गम्भीर रहेकाले जतिसक्दो चाँडो कानुन बनाएर समस्या समाधान गर्नुपर्ने बताइन् । किसानहरूले जोतभोग गरेको जग्गाको स्वामित्व पाउनुपर्ने र त्यसका लागि स्वर्गद्वारी गुठी पनि तयार नै रहेको तर यसमा २०६२ मा गरिएको सर्वोच्च अदालतको आदेशले समस्या सिर्जना गरेको उल्लेख गर्दै मन्त्री शर्माले अब नयाँ संविधानले प्रदत्त गरेको नागरिकको आवासको हकमा टेकेर नयाँ कानुन बनाई समस्या समाधान गर्नुपर्ने बताइन् ।

यसबिचमा मन्त्रिमण्डल हेरफेरका कारण केही समय लागेको जानकारी दिँदै मन्त्री शर्माले भोलि नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र किसान अगुवाहरूको बिचमा छलफल गरेर अघि बढ्ने तय भएको जानकारी गराइन् । किसानहरूले आन्दोलन सुरु भएपछि यसलाई प्राथमिकतामा राखेर मन्त्री शर्माले यो एजेन्डा मन्त्रिपरिषद् बैठकमा उठाउँदै वार्ता समिति गठन गरी समस्या समाधानका लागि पहल गर्दै आएकी छन् ।

आइतबार राजधानीमा भएका विभिन्न छलफलमा गुठी पीडित संघर्ष समितिका पदाधिकारीसहित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज निर्मल आचार्य, नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकी, नेपाली काँग्रेसका राजु आचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस