७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसमा युक्रेनको ड्रोन आक्रमण, दुई जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । युक्रेनले रुसमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार क्षेत्रमा रहेको रिफाइनरीमा आक्रमण गर्दा आगलागी भएको बताएका छन् । तर, दमकलले केही समयपछि निभाएको थियो । 

रिफाइनरीमा आगलागी हुँदा एक कर्मचारीलाई हृदयघात हुँदा उनको मृत्यु भएको हो । अधिकारीहरूका अनुसार युक्रेनले विगत केही दिनदेखि लगातार रुसको रिफाइनरी र तेल भण्डारलाई निशाना बनाउँदै आएको छ ।

रुसी रक्षा मन्त्रालयले रातारात ३५ युक्रेनी ड्रोन खसालेको बताएको छ । तीमध्ये चार ड्रोन मस्कोमा खसालेका थिए । मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानीको डोमोडेडोभो एयरपोर्ट नजिकै आइतबार बिहान पाँचौं ड्रोन खसालेको बताए । 

दुई ड्रोन कलुगा क्षेत्रमा र चार ड्रोन यारोस्लाभ क्षेत्रमा खसालेका थिए । अधिकांश युक्रेनी ड्रोन बेल्गोरोड, कुर्स्क र रोस्तोभ क्षेत्रहरू र दक्षिणी क्रास्नोडार क्षेत्र जस्ता युक्रेनको सीमाना क्षेत्रमा खसालेको मन्त्रालयले जनाएको छ ।

गभर्नर व्याचेस्लाभ ग्लाडकोभले आइतबार बिहान बेलगोरोडमा गोलाबारीका क्रममा १६ वर्षीया बालिकाको मृत्यु भएको बताए । सोही क्रममा उनका बुवा घाइते भए । दोस्रो आक्रमणमा एक जनाको मृत्यु भएको छ । 

सोही क्रममा ११ जना घाइते भएका छन् । यसैबीच बेलायतको रक्षा मन्त्रालयले आइतबार रक्षा सचिव ग्रान्ट शाप्सले रुसी मिसाइलको धम्कीका कारण ओडेसाको भ्रमण रद्द गरेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस