६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको अरुणाचल प्रदेश आफ्नो क्षेत्र भएको चीनको दाबी

अ+ अ-

एजेन्सी । चिनियाँ सेनाले भारतको अरुणाचल प्रदेश आफ्नो भित्री भाग भएको भन्दै फेरि दाबी गरेको छ ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल चाङ सियाओगेङले शिझाङको दक्षिणी भाग चीनको आन्तरिक क्षेत्र रहेको भन्दै भारतले यस क्षेत्रलाई अवैध रूपमा अरुणाचल प्रदेश स्थापित गरेको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

उनका अनुसार चीनले यस क्षेत्र अरुणाचल प्रदेश भएको कहिल्यै मान्यता दिएको छैन । अरुणाचल प्रदेशमा सेला सुरुङ निर्माण गरेर भारतीय सेनाले आफ्नो सेनालाई बलियो बनाउने प्रयास गरेपछि चीनको यो बयान आएको हो । चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत मानेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च ९ मा अरुणाचल प्रदेशको भ्रमण गरी सेला सुरुङमार्गको उद्घाटन गरेका थिए । यसप्रति पनि चीनले आपत्ति जनाएको थियो । भारतका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण यो सुरुङमार्गको उद्घाटनपछि चीनले भारतको यो कदमले सीमा विवादलाई थप जटिल बनाउने बताएको थियो ।

त्यति नै बेला भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री मोदीको अरुणाचल प्रदेश भ्रमणमा चीनको आपत्तिको जवाफ दिएको थियो । मन्त्रालयले अरुणाचल प्रदेशमा भारतको विकास परियोजनामा चीनको विरोध औचित्यहीन रहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस