१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दायाँ बायाँ हेर्नुस् भ्रष्ट्राचार खोज्न

नीति कथा 

अ+ अ-

एकादेशमा एक जना ईमान्दार र जनप्रेमी  राजाले शासन गरेका थिए । देशको शासन व्यवस्था सहज रूपमा चलिरहेको थियो। मन्त्री तथा कर्मचारीहरूले राज्यमा अमनचयन खुसीयाली रहेको कुरा राजालाई सुनाउँथे र राजा त्यसैमा विश्वस्त थिए। शासक खुसीसाथ परिवारसँग रमाएर बसेका थिए। राज्यको अवस्थाको बारेमा राजालाई अन्योलमा राख्ने प्रयास गरिएको थियो। राजाले नागरिकसँगको भेटघाटमा गुनासो राख्ने प्रचलन भएतापनी आसेपासेबाट यस्ता कुरा राख्न निषेध गरिएको थियो। यदि कसैले शासनको विषयमा कुरा उठाएमा भाइ भारदारहरू त्यस्ता व्यक्तिको प्राण लिन समेत पछि पर्दैनथे। तसर्थ राज्य कसरी चलेको थियो भने कुरामा राजा पूर्णतः अनभिज्ञ थिए।

राजा बिरामी भएर आराम गरिरहेका थिए। रानी, राजकुमार र राजकुमारीहरू बन बिहार गर्न गएका थिए। दरबारको ढोकामा साधु आएर भिक्षाको याचना गरे। भिक्षु उभिइरहेको देखेर राजा आफै भिक्षा लिएर साधु समक्ष उपस्थित भए। भिक्षा दिने क्रममा भिक्षुले एक दिन  राजालाई सुतेर होइन जाग्राम रहेर शासन गर्न सल्लाह दिए। भिक्षुको कुराले शासक अलमलमा परे र किम कर्तव्य विमूढ जस्ता देखिए। भिक्षुको कुराले राजालाई देशको अवस्था बुझ्ने चाहना बढ्यो। राजा आफै वास्तविकता जान्नको लागि निस्कने निर्णयमा पुगे।

राजा स्वस्थ भएपछि भेष बदलेर राज्यको केही भागमा पुगे। राज्यमा चोरी, हिंसा, अत्याचार, भ्रष्ट्राचारको अराजकता रहेको पाए। सामान्य किसिमको सेवा लिनको लागि समेत लाइन बस्नु पर्ने, सिफारिस चाहिने र बिना घुस सेवा पाउन कठिन भएको अवस्था देखे। नागरिकमा शासनप्रति घृणा बढेको पाए। समयमै कुनै उपाय नगर्ने हो भने शासन व्यवस्था नै परिवर्तन हुन सक्ने तर्फ नागरिक केन्द्रित हुँदै गएको आभाष गरेर दरवार फर्के ।

राज्यमा भ्रष्ट्राचारले जरो गाडी सकेकोले यसलाई समयमै अन्त्य गर्न नसकेमा राज्य संयन्त्र असफल हुने भएकोले भारदारी सभा मार्फत भ्रष्ट्राचारमा संलग्नलाई सेवाबाट बर्खास्त गरी जेल हाल्ने घोषणा गरे। त्यसै अनुरूप सयौँको संख्यामा कर्मचारी, राजनीतिकर्मी र व्यापारीहरू जेल परे। राजाले पुन गोप्य रूपमा बुझ्दा भ्रष्ट्राचार बढ्नुको बदलामा बढेको पाए। त्यसपछि राजाले भ्रष्ट्राचारीलाई मृत्युदण्ड दिने आदेश जारी गरे। यसबाट भ्रष्ट्राचार बढ्नुको बदलामा अझै बढेको अनुभूति भयो। सजाय पाउनेहरूले आफू मर्नु परेको अवस्थामा परिवारको लागि धन सञ्चय गरेको कुरा बताए। राजाले अब के कार्य गर्दा भ्रष्ट्राचार कम हुन्छ ठम्याउन सकेनन्।

अन्ततः राजाले भाईभारदार, मन्त्री, उच्चपदस्थ कर्मचारी, व्यापारी, नागरिक अगुवा र साधु सन्त सहितको सभा बोलाए। सभामा राजाले सबै कुरा बेलिबिस्तार सँग वर्णन गरे। कतिपय मानिसहरूले जिब्रो समेत टोके। सबैले राज्यमा भ्रष्ट्राचार बढेको कुरामा सहमति जनाए। उपस्थित मानिसहरूले आ-आफ्नो तर्फबाट सुझाव राखे। सबैले केही न केही बोलिरहेका थिए। राजाको नजर कुनामा बसेर मुस्कुराइरहेका साधुमाथि पर्‍यो। 

राजा तत्काल आफ्नो आसनबाट उठेर साधु समक्ष पुगे।राजाले साधुले केही नबोल्नुको कारण सोधे। साधुले हाँस्दै भने भ्रष्ट्राचार रोक्न यति धेरै नाटक र दुख गर्नु पर्दैन महाराज। हजुरमा साहस र इच्छाशक्ति भए पुग्छ। राजाले साधुले भनेको कुरा पालना गर्ने कुरा बताए। साधुले भने यसका लागि धेरै मानिसको हत्या गरिरहनु पर्दैन, केवल दुई जनाको हत्या गरिदिए हुन्छ। राजाले तरबार निकालेर भने, आज्ञा होस साधु महाराज, म अहिले नै तिनीहरूलाई परमधाम पुर्याईदिन्छु। साधुले भने -राजन हजुरको दायाँबायाँ बसेका दुईजना नै मुख्य भ्रष्ट्राचारीको नाइके र संरक्षक। यी दुईको विनाशबाट भ्रष्ट्राचार आफै समाप्त हुन्छ।

राजाले तरबार नचाउँदै दायाँबायाँ तर्फ मात्र के हेरेका थिए, राजा आफै ड्याम्म लडे र आजसम्म पनि कोमामै छन्। यसो हुनुमा राजाको दायाँबायाँ बसेका महारानी र राजकुमार नै मुख्य कारक हुन्। तसर्थ भ्रष्ट्राचार भन्ने कुरा शक्तिको दायाँबायाँ विराजमान हुने कुरा निर्विकल्प छ।

प्रतिक्रिया दिनुहोस