९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनतालाई अनुभूति हुने गरी सेवा प्रवाह गर्नुपर्ने जिम्मेवारी तीनै तहका सरकारको हो : मन्त्री जोशी 

अ+ अ-

  काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जनतालाई अनुभूत हुने गरी सेवा प्रवाह र विकास व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी तीनै तहका सरकारको रहेको बताएका छन् । मन्त्रालयको आयोजनामा धुलिखेलमा भएको बहुक्षेत्रीय पोषण योजना तेस्रो, पोषणमैत्री स्थानीय शासन र स्थानीय तहको अनुगमन तथा प्रतिवेदन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रममा मन्त्री जोशीले संविधानले तीनै तहमा अधिकारको स्पष्ट बाँडफाँट गरेकोमा सो बमोजिम आफ्नो अधिकार क्षेत्रभित्र बजेट तथा स्रोतको प्राथमिकीकरण गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि सर्वपक्षीय प्रतिबद्धता साथै कृषि, पशुपन्छी लगायतका क्षेत्रको प्रवर्द्धन र संवर्द्धन हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा संघीय मामिला तथा प्रशासन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले संघ, प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयबाट मात्र कार्यक्रमहरूको प्रभावकारिता बढ्ने बताए । मन्त्रालयका सहसचिव सुमन दाहालले बहुक्षेत्रीय पोषण अभियानमूलक कार्यक्रम भएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप सूचक हासिल गर्न जीवनपद्धति तथा प्रणालीगत अवधारणा अनुसार काम गर्नुपर्ने बताए ।

बिहीबार र शुक्रवार भएको उक्त कार्यक्रममा सिन्धुपाल्चोक, सिन्धुली र दोलखा जिल्लाका जनप्रतिनिधिहरू जिल्ला समन्वय समितिका प्रमुख र गाउँ।नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय अधिकारी र  प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो।कार्यक्रममा मन्त्री जोशी र जनप्रतिनिधि बिच अन्तर्संवाद समेत भएका थियो ।

कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, शैलुङ गाउँपालिका प्रमुख खिलबाबु श्रेष्ठ, दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी, दोलखा जिल्ला समन्वय समितिका प्रमुख बुर्जुराम घतानी लगायतले पोषण सुधारको लागि प्राप्त हुने अनुदान न्यून रहेको, जनशक्तिको थप क्षमता विकास गर्नुपर्ने, संघीय सरकारबाट प्राप्त हुने बजेट समयमा प्राप्त हुने व्यवस्था गर्नुपर्ने बताए ।

मन्त्रालयका उपसचिव रेशम कँडेलले सहजी करण गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव बाबुराम ज्ञवाली, युनिसेफ नेपालका पोषण विशेषज्ञ फुल्गेन्द्र प्रसाद सिंह लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस