काठमाडौँ । सरकारले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन भएको हो ।
आयोगको सदस्यमा पूर्व एआईजी पुष्कर कार्की र सञ्जीव मिश्र छन् । अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि गठित आयोगलाई तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न समय दिइएको सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
सरकारले यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो । त्यो आयोगले ५ हजारभन्दा बढी मिटरब्याजसम्बन्धी लेनदेन टुङ्ग्याएको थियो ।