७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरमा ज्वरोका बिरामी बढे

अ+ अ-

मकवानपुर । थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थाहा गरपालिकाअन्तर्गतका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ६० देखि ७५ जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।

कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले उपचारका लागि आउने ज्वरोका बिरामीमध्ये दैनिक १२ देखि १७ जनासम्म स्वास्थ्य संस्थामै भर्ना गरी उपचार गरिरहेका जानकारी दिए। ज्वरोका केही बिरामीलाई थप उपचारका लागि हेटौँडा अस्पताल र चितवनका अस्पतालमा पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

हेटौँडा अस्पतालको आकस्मिक र बहिरङ्ग कक्षमा दैनिक ६५ देखि ७४ जनासम्म ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । हेटौँडा अस्पतालका चिकित्सक रामचन्द्र सापकोटाका अनुसार ती बिरामीमध्ये दैनिक २० देखि ३० जनालाई भर्ना गरी उपचार गरिएको छ ।

जिल्लाभित्र डेङ्गुको सङ्क्रमण र भाइरल ज्वरो लगायत सङ्क्रमणलाई नियन्त्रण गर्न आवश्यक जनशक्ति सतर्क अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मणप्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस