७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होलीले राष्ट्रिय एकता मजबुद बनाउन सहयोग गर्छ : ओली 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले होलीले सबैलाई सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न योगदान पुगोस भनेर शुभकामना दिएका छन् । 

शनिबार मधेश प्रदेश सम्पर्क कमिटिले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले जहाँ भएपनि, जुन भूगोलमा बसेपनि सबैको उद्देश्य नेपाल समृद्ध बनाउनु भएको भन्दै होलीको सन्देशले राष्ट्रिय एकता मजबुद बनाउन सहयोग पुग्ने बताए ।

उनले भने, ‘होलीले हामीलाई एउटा सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न सहयोग पुर्‍याउँछ । राष्ट्र एकताबद्ध बनाउन योगदान गर्न सक्छ । हामी सबैलाई यस्तै प्रेरणा मिलोस भन्ने शुभकामना दिन चाहन्छु । हामी जहाँ भएपनि जुन भूगोलमा बसेपनि सबैको उद्देश्य भनेको नेपाल समृद्ध हुनुपर्छ, हामी नेपाली समृद्ध हुनुपर्छ । होलीको सन्देशले यो कुरामा बल पुराओस, त्यसका लागि राष्ट्रिय एकता मजबुद बनाओस् ।’ 

यस्तै, उनले पर्व मनाउनको लागि अरुको स्वतन्त्रतालाई प्रभाव पार्न नहुने भन्दै इच्छा विपरीत रमाइलो नगर्न आग्रह गरे । 

उनले भने, ‘यस पर्वका अवसरमा अरुको स्वतन्त्रतामाथि प्रभाव नपर्नेगरि आफ्नो स्वतन्त्रताको प्रयोग गर्नुपर्छ । इच्छा विपरीत रमाइलो हुदैँन् यो कुरामा ध्यान दिनुपर्छ । कसैलाई स्वास्थ्यमा समस्या आउनसक्छ । त्यो विषयमा पनि ध्यान दिनुपर्छ । स्वास्थ्यको साथै आर्थिक पक्षमा पनि ध्यान दिनुपर्छ । अनावश्यक भार पर्नेगरि खर्च नहोस, कम खर्चमा पर्व मनाउनुपर्छ ।’ 

होली पर्व सबै पर्व मध्ये पुरानो भएको भन्दै यो समाज विकास र मित्रतासँग जोडिएको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस