१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसलाई जस्तो गलहत्याएर फ्याँक्नुपर्ने अवस्थामा रास्वपा पुग्दैन-रवि लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको ठूलो राजनीतिक दल नेपाली काँग्रेस जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याँक्नुपर्ने अवस्थामा रास्वपा कहिल्यै नपुग्ने दाबी गरेका छन् । 

शनिबार काठमाडौँमा रास्वपाको वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक विशेष सम्मेलनलाई सम्बोधन गर्दै उनले काम गर्न नसकेको दिन नै सत्ता छाडेर जानेगरि सबैको झोलामा राजीनामा तयारी अवस्थामा राखेको भन्दै काँग्रेस जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याँक्नुपर्ने अवस्थामा रास्वपा कहिल्यै नपुग्ने बताए । 

उनले भने, ‘हामी देशको ठूलो राजनीतिक दल नेपाली काँग्रेस जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याँक्नुपर्ने अवस्थामा कहिल्यै पुग्दैनौँ । हामी काम गर्न नसकेको र नपाएको दिन नै सत्ता छोडेर जान्छौँ, सबैको झोलामा राजीनामा तयारी अवस्थामा छ, मात्र मिति लेख्न बाँकी छ ।’

उनले आफ्नो र आफन्तको व्यक्तिगत माग, मुद्दा बोकेर सिंहदरबार र बालुवाटार दौडने नेता रास्वपामा नभएको जिकिर गरे । एकपछि अर्को भ्रष्टाचारी समातिँदै गर्दा अर्को कहिले समातिन्छ भन्दै जनता उत्सुक भन्दै उनले ‘नआत्तिनु होला कतिपय माछा बढो चिप्लो हुन्छन् । समाउन खोज्दा खोज्दै चिप्लिन्छन्’ भन्दै व्यंग्य गरे । 

उनले भने, ‘आफ्नो व्यक्तिगत माग, परिवारको साथीभाइको माग, मुद्दा बोकेर सिंहदरबार र बालुवाटार दौडने नेता हामीसँग छैनन् । ढुक्क हुनुहोस् हामीसँग भ्रष्टाचारीको फाइल छ । हामी त्यो अधिकारको एक सेकेन्ड पनि दुरुपयोग हुन दिँदैनौँ । त्यसको सुरुवात गरिसकेका छौँ । एउटा भ्रष्टाचारी समातियो अर्को खोइ भन्ने जनतामा आतुर छन् । तर नआत्तिनु होला कतिपय माछा बढो चिप्लो हुन्छन्, समाउन खोज्दा खोज्दै चिप्लिन्छन् । कतिपय बाठा हुन्छन् फुत्त लुकिहाल्छन् । जति ठूला चिल्ला माछा हुन् जनताले दिएको शक्तिको अगाडि केही लाग्दैन तिनीहरूको ।’

सभापति लामिछानेले रास्वपाले नेतृत्व गरेको मन्त्रालयहरुमा कसैले पनि मन्त्रीलाई चिन्न नपर्ने भन्दै मन्त्रीलाई भेटेर मन्त्रीले निर्देशन दिएपछि काम हुन्छ भन्ने कुरा गलत भएकाले आफूहरुले संयन्त्रलाई काम गराउन लगाउने बताए । मन्त्रीलाई भनेर काम हुने अवस्था आयो भने कर्मचारी हुन् या जो सुकै कारबाहीको भागी हुने उनको भनाइ छ । 

उनले भने, ‘हामीले नेतृत्व गरेका मन्त्रालयहरुमा कसैले पनि मन्त्रीलाई चिन्नु पर्दैन । मन्त्रीलाई भेट्नै पर्दैन । रहरले फोटो खिच्न भेटेको थिए भन्न छुट्टै कुरा हो । तर मन्त्रीलाई भेटेर मन्त्रीले निर्देशन दिएपछि काम हुन्छ भन्ने कुरा गलत हो । हामी त्यो गर्न चाहँदैनौँ । हाम्रो संयन्त्रलाई काम गराउन चाहन्छौँ । मन्त्रीलाई भनेर काम हुने अवस्था आयो भने कर्मचारी हुन् या जो सुकै कारबाहीको भागी हुन्छन् ।’ आफ्ना साथीहरूसँग कुरा लुकाउनुपर्ने काण्डहरु लुकाउनुपर्ने अवस्थामा हामी जाँदैनौ ।’

प्रतिक्रिया दिनुहोस