१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फाइनान्स कम्पनीहरूको ऋण नउठ्ने क्रम उच्च

अ+ अ-

काठमाडौँ । फाइनान्स कम्पनीहरूको ऋण नउठ्ने क्रम उच्च देखिएको छ । समयमै ऋण नउठ्दा फाइनान्स कम्पनी खराब कर्जा २० प्रतिशतसम्म पुगेको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार फाइनान्स कम्पनीको खराब कर्जा उच्च देखिएको हो । नेपाल राष्ट्र बैकबाट अनुमति पाएका ग वर्गका फाइनान्स कम्पनीको औसत खराब कर्जा भने ६.२६ प्रतिशतसम्म छ ।

सबैभन्दा बढी ऋण फस्नेमा जानकी फाइनान्स कम्पनी लिमिटेड रहेको छ । यसको खराब कर्जा १९.९ प्रतिशत पुगेको छ । ६९ करोड ४ लाख चुक्ता पुँजी भएको जानकीको निक्षेप ३ अर्ब ८० करोड रुपैयाँ र कर्जा लगानी ३ अर्ब ७ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जामा राख्ने गरिन्छ । यसलाई नन पर्फमिङ लोन (एनपीएल) पनि भनिन्छ । पछिल्लो समय क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थामा ऋण नउठ्ने समस्या विकराल बन्दै गइरहेको छ ।

यता गोर्खाज फाइनान्सको एनपीएल १३.७३ प्रतिशत छ । १५ वटा फाइनान्स कम्पनीमा प्रोगेसिभ फाइनान्सको ११.४५ प्रतिशत, नेपाल फाइनान्सको १०.५२ प्रतिशत, रिलायन्स फाइनान्सको ९.६७ प्रतिशत, सेन्ट्रल फाइनान्सको ९.४४ प्रतिशत रहेको छ। यसैगरी गुह्वेश्वरी मर्चेट बैंकिङ्ग एण्ड फाइनान्सको खराब कर्जा ६.४५ प्रतिशत छ भने गुडवील फाइनान्सको ५.२३ प्रतिशत रहेको छ।

पाँच प्रतिशत भन्दा कम खराब कर्जा भएको मल्टिपर्पस फाइनान्सको खराब कर्जा सबैभन्दा कम १.४८ प्रतिशत छ भने श्री इन्भेष्टमेन्ट फाइनान्सको खराब कर्जा १.९४ प्रतिशत छ ।

यस्तै आइसिएफसी फाइनान्सको खराब कर्जा २.२१ प्रतिशत छ भने बेष्ट फाइनान्सको ३.३२ प्रतिशत, मञ्जुश्री फाइनान्सको ३.५० प्रतिशत, समृद्धि फाइनान्सको ४.६८ प्रतिशत र पोखरा फाइनान्सको ४.७६ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस