८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रक्षा मन्त्री उप्रेतीद्वारा जङ्गी अड्डाको निरीक्षण भ्रमण

अ+ अ-

काठमाडौँ । रक्षा मन्त्री हरि प्रसाद उप्रेतीले जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । रक्षा मन्त्रीमा नियुक्त भए पश्चात् उनले जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन् ।

जङ्गी अड्‌डामा आयोजित कार्यक्रममा मन्त्री उप्रेती समक्ष नेपाली सेनाको सङ्गठनात्मक स्वरूप,
तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरूका बारे जानकारी गराइएको थियो ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माले नव नियुक्त रक्षा मन्त्री उप्रेतीलाई बधाई ज्ञापन गर्दै नेपाली सेनाका सकल दर्जाको तर्फबाट जङ्गी अड्डामा स्वागत गरेका थिए । उनले संविधान प्रदत्त जिम्मेवारीका अलावा नेपाल सरकारबाट विधिसम्मत ढङ्गले प्राप्त विकास निर्माण लगायत विविध जिम्मेवारीहरू समयमा नै पुरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको बताउँदै उक्त जिम्मेवारीहरू पुरा गर्ने क्रममा आई पर्ने चुनौतीहरूलाई नियमसम्मत रूपमा रक्षा मन्त्रालयबाट सम्बोधन हुँदै आई रहेको र सोको प्रभावकारी निरन्तरता हुनेमा विश्वस्त रहेको बताए ।

उनले नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ गरिरहेका कार्यहरूले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेना दुवैको साख बढाउनुका साथै सैन्य कूटनीति प्रवर्द्धन एवम् अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत सकारात्मक प्रभाव परेको बताए । साथै, संयुक्त राष्ट्रसंघसँगको सहकार्यलाई थप मजबुत र बृहत् बनाउन राष्ट्रिय रूपमै एकीकृत नीति/रणनीति अख्तियार गर्न आवश्यक रहेको समेत उल्लेख गरे । उनले बाह्य तथा आन्तरिक सुरक्षा प्रणालीलाई सुदृढ बनाई राष्ट्रको आधारभूत मूल्यमान्यताको रक्षा एवम् जनताको विकास र समृद्धिको अभिलाषालाई पूरा गर्न समेत नेपाली सेनाको समयानुकूल आधुनिकीकरण गर्दै लैजान आवश्यक रहेको बताए ।

कार्यक्रममा मन्त्री उप्रेतीले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकताको रक्षार्थ नेपाली सेनाले निर्वाह गर्दै आएको अहम् भूमिकाको साथै विकास निर्माण, विपद् व्यवस्थापन, नागरिक सहयोग, खेलकुद एवम् विश्व शान्ति स्थापना मार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित गराउन नेपाली सेनाले निर्वाह गरेका विविध गतिविधि एवम् पहल सम्बन्धी विस्तृत जानकारीका लागि धन्यवाद ज्ञापन गरेका छन् ।

मन्त्री उप्रेतीले नेपाली सेनाले आफूलाई प्राप्त जिम्मेवारीहरू सदैव उच्च दक्षता एव व्यावसायिकता साथ सम्पन्न गर्नुका साथै विषम परिस्थितिमा नेपाली जनताको भरोसाको केन्द्रको रूपमा रही आएको बताए । उनले विपद्को समयमा जनताको सुरक्षाको लागि नेपाली सेनाले देखाएको व्यावसायिक क्षमता प्रदर्शन, वन्यजन्तु तथा पर्यावरण संरक्षणप्रतिको योगदान एवम् राष्ट्रिय एकता प्रवर्द्धनमा गरेका उल्लेखनीय कार्यहरूको कारण सेनाप्रति नेपाली जनताको उच्च विश्वास, भरोसा र सम्मान रहेको कुरा व्यक्त गर्दै यसलाई निरन्तर कायम राख्न प्रयत्नशील रहनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

यसै क्रममा उनले मजबुत राष्ट्रिय सुरक्षा प्रणाली, आधुनिक एवम् बलियो सेना, सबल अर्थतन्त्र, चुस्त कूटनीतिले नै अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको सामर्थ्य मापन हुने वस्तुवादी यथार्थताका बारेमा नेपाल सरकार पूर्ण सचेत रहेको बताउँदै राष्ट्रिय सुरक्षाको मेरुदण्डको रूपमा रहेको नेपाली सेनाको समयानुकूल आधुनिकीकरण र सबलीकरणका बारे नेपाल सरकार गम्भीर रहेको बताउँदै नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा सङ्गठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस