६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्देमा घुम्ती शिविर : नौ हजार सेवाग्राही लाभान्वित

अ+ अ-

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा नौ हजार बढीले सेवा लिएका छन् । गाउँपालिकाका सातवटा वडाका टोल-टोलमा पुगेर नौ हजार तीन सय ५३ जनालाई सेवा प्रदान गरिएको हो ।

‘स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधार, कृषि, पर्यटन र पूर्वाधार मूल आधार’ भन्ने नारालाई आत्मसात् गर्दै १८ दिन शिविर सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार एलोपेथिक सेवाअन्तर्गत तीन हजार ३८ र आयुर्वेद उपचारतर्फ आठ सय ७८ जनाले सेवा लिएका छन् ।

त्यसैगरी कृषि सेवातर्फ दुई हजार नौ सय १५ र पशुको उपचार शाखाबाट एक हजार नौ सय २६ जना सेवाग्राही लाभान्वित भएका छन् । शिविरमा ७५ जना अपाङ्गता तथा ज्येष्ठ नागरिकले सेवा लिएका छन् । पालिकाको विभिन्न योजना तथा प्राविधिकसम्बन्धी ४८ वटा उपभोक्ता समितिले सेवा लिएका गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

उक्त शिविर अवधिमा ५९ वटा व्यापार व्यवसाय तथा संस्था दर्ता गरिएका तथा पञ्जीकरण शाखाबाट सन्ताउन्न जना सेवाग्राहीले सेवा लिएका छन् । शिविरबाट प्रशासनिक कार्यमा तीन सय ५७ जनाले सेवा लिएका अध्यक्ष श्रेष्ठले बताए ।

यसअघि उक्त गाउँपालिकाले पनि मिर्गौला, पाठेघर परीक्षण र तीन दिने अर्बुद्ध रोग परीक्षण शिविर सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस