१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यागमनका कर्मचारीलाई गृह मन्त्रीको अनुरोध : विमानस्थलमा अनावश्यक हैरानी दिने प्रवृत्ति तत्काल सुधार्नुस्

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह गरेका छन् । सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन आग्रह गरेका गृह मन्त्री लामिछानेले उनीहरू जाँदा–आउँदा मर्यादित व्यवहार गर्न भनेका हुन् ।

मङ्गलवार(आज) अध्यागमन विभागको ब्रिफिङ लिन गृह सचिवसहित कालिकास्थान पुगेका गृह मन्त्री लामिछानेले विदेशीका लागि अध्यागमन देशको मुहार भएकोले मुहार नराम्रो हुँदा देशप्रति नै नकारात्मक धारणा बन्ने बताएका छन् । आफू निर्देशन होइन सहकार्यमा विश्वास गर्ने बताएका गृह मन्त्री लामिछानेले अध्यागमन सुधारका योजना ल्याउन भन्दै विभागको योजनामा मन्त्रालयले सक्दो सहयोग गर्नेसमेत बताएका छन् ।

केही खराब मान्छेका कारण धेरै इमानदारले दोष पाउने गरेको भन्दै उनले खराबलाई बेलैमा चिनेर इमानदारलाई प्रोत्साहित गर्नुपर्ने समेत बताएका छन् ।

गृह मन्त्री लामिछानेले अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्ने बताएका छन् । जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधन सम्पन्न बनाउन केही चुनौती भए पनि प्रयास जारी राख्नुपर्ने उनको भनाई छ ।
सेवा प्रवाहमा राजनीति कहिँकतै पनि हुन नहुने बताएका गृह मन्त्री लामिछानेले हिजोका घटनामा कसैलाई दोषारोपण गर्न नचाहेको भन्दै भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिन नहुने बताएका छन् । ‘दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला’ उनले भने‘जसले गल्ती गर्छ, उसलाई कसैले जोगाउँदैन, त्यो भ्रमबाट मुक्त भएर इमान्दारीपूर्वक कानुन अनुसार काम गर्नुहोला’

इन्टेन्सनल्ली नेटवर्किङ बनाएर काम गर्ने चलन अब चल्दैन” –सचिव अर्याल
गृह सचिव एकनारायण अर्यालले अध्यागमन कार्यालयमा हुने मनसायपूर्ण गल्ती क्षम्य नहुने बताएका छन् । विभागका कर्मचारीलाई सम्बोधनका क्रममा गृह सचिव अर्यालले ‘इन्टेन्सनल्ली नेटवर्किङ’ बनाएर काम गर्ने चलन रहेको भन्दै अव त्यो कदापी नचल्ने बताए । ‘कतिपय कर्मचारीहरूले इन्टेन्सनल्ली नेटवर्किङ बनाएर काम गर्ने चलन पनि देखिन्छ,’ गृह सचिव अर्यालले भने ‘अब त्यो चल्दैन ।’

एक दुई जना कर्मचारीका कारण सिङ्गो अध्यागमन व्यवस्थापन नै बिग्रेको भन्दै सचिव अर्यालले गलत गर्नेलाई कारबाही गरिने र असल मनसाय राखेर काम गर्ने कर्मचारीबाट हुन जाने गल्ती क्षम्य हुने पनि बताए । ‘गलत मनसाय नराखी सकारात्मक सोचका साथ काम गर्दागर्दै पनि मिष्टेक हुन्छ’ सचिव अर्यालले भने ‘जागिरे जीवनमा नजानेर सबैबाट गल्ती हुन्छ, म बाट पनि भएको हुन सक्छ, त्यस्तोमा क्षमा दिइन्छ ।’

गृह मन्त्रीलाई तत्काल नतिजा दिने गरी काम गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी रहेको र यसअघि पनि काम गरिसकेकोले आफूलाई यहाँका विषयमा जानकारी रहेको भन्दै सचिव अर्यालले सेवा सुधारका लागि मन्त्रालयबाट गरिने अपेक्षा पुरा गर्न आफू तयार रहेको प्रतिवद्धतासमेत जनाएका छन् ।

गृह सचिव अर्यालले अध्यागमन अधिकारीहरू कानुनका विषय पनि जानकार हुनुपर्ने बताएका छन् । आफूसँग ज्ञान नभएका कारण माथि सोध्नुपर्छ भनेर पन्छिने छुट नभएको भन्दै अर्यालले कानुनले दिएको अधिकार प्रयोग गर्न कहीँ कतै सोध्न नपर्ने तर आफू भने भने पोख्त हुनुपर्ने बताए ।

विमानस्थलमा यात्रुहरूले दुःख, हैरानी व्यहोरि रहेको गुनासो सुन्न नपर्ने गरी काम गर्न कर्मचारीलाई सचिव अर्यालको अनुरोध छ । स्रोत साधनकै बाजबुत पनि कार्यशैलीमा परिवर्तन गर्ने हो भने अहिलेको भन्दा राम्रो सेवा दिन सकिने भन्दै हामीले गर्ने गरेको व्यवहारमा परिवर्तन गर्ने हो भने मात्रै पनि यात्रुहरूले सहज महसुस गर्ने उनले बताए । ‘धेरै टाढा पुग्नुपरेन छिमेकी मुलुकहरूको विमानस्थलमा कस्तो व्यवहार छ, त्यही खालको व्यवहार त गर्न सकिन्छ होला नि !’ सचिव अर्यालले भने ।

अध्यागमन कर्मचारीको इफिसेन्सीसँग जोडिएको विषय भएकोले पनि निजामती कर्मचारीले सहज र प्रभावकारी सेवा दिन सक्छ भनेर प्रमाणित गराउनुपर्ने चुनौती रहेको सचिव अर्यालको भनाई छ । ‘अध्यागमनलाई व्यवस्थित गर्न सकेन भने त्यहाँ अर्को निकाय इन्ट्रि हुन सक्छ र यसैगरी गुनासो बढ्दै गयो भने सरकारले विकल्प खोज्न सक्छ, त्यसैले आजैदेखि केही फरक महसुस हुने गरी काम गर्न अनुरोध गर्दछु’ सचिव अर्यालले भने । अध्यागमन देशको मुहार पनि भएकोले ८० हजारको साख राख्न पनि सुधारको विकल्प नै नरहेको बताए ।

प्रविधिमार्फत नै सेवा प्रवाहलाई सहज बनाउन सकिने भएकोले विद्यमान प्रणालीहरूको इन्टर कनेक्टिभिटी हुनुपर्नेमा सचिव अर्यालको जोड छ । राहदानी विभाग, राष्ट्रिय परिचय पत्रलगायत सबै सरकारी प्रणालीहरूलाई एक आपसमा कनेक्टिभिटीबाट यात्रुहरूलाई सहज सेवा दिन सकिने गृह सचिव अर्यालले बताए । अर्याल श्रम सचिव रहँदा अध्यागमन विभागसँग लेवर परमिटको कनेक्टिभिटी गराएका थिए । ताहाचलको वैदेशिक रोजगार कार्यालय र अध्यागमन कार्यालयको सिस्टमलाई मिलाएर विशेष गरी श्रमिकहरूलाई सहज हुने गरी अघि बढाइएको थियो तर अर्याल सरुवा भएको केही समयपछि नै सिष्टम नै हरायो ।
नेपाल प्रहरी र अध्यागमनका कर्मचारीबिच बेलाबेलामा देखिने गरेको द्वन्द्वबारे गृह सचिव अर्यालले एउटै मन्त्रालय मातहतका दुई जिम्मेवार निकायबिचको झगडाले सिङ्गो मन्त्रालयकै साख गिराएको भन्दै अब त्यस्तो अवस्था आउन नदिनेतर्फ सजक रहन भने ।

विभागका महानिर्देशक कोषहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे जानकारी गराउँदै सुधारको सुरुवात गरिसकेका बताएका छन् । अध्यागमनमा देखिएको कर्मचारी अभावबारे मन्त्रालयमा जानकारी गराई सकिएको र कर्मचारीको सहजताका लागि सिफ्टदेखि सवारी व्यवस्थापन भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस