८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार कार्यालयका प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख ताराप्रसाद सापकोटासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

चीनबाट आयात गरिएको सामान जाँचपासका क्रममा न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी कानुन बमोजिम लिनुपर्ने राजस्व नलिएको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले विराटनगरका तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटासँगै भन्सार अधिकृत नवकुल शर्मा, देव इन्टरनेशनलका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेन्ट शरणकुमार खरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

देव इन्टरनेशनलले ल्याएको सामानको जाँचपास गर्ने क्रममा न्यून बिजकीकरण गरी, गुणस्तर फरक पारी कानुन अनुसार लिनुपर्ने राजस्व नलिने र छोड्ने कोशिस गरेको अख्तियारले जनाएको छ । तर पछि भन्सार विभागबाट नियमित ताकेता र निगरानी भएपछि आसिकुडा सिस्टममा दर्ता भएको प्रज्ञापनपत्र डिलिट गरेको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

भन्सार विभाग र अर्थ मनलयबाट लगातार फलोअप र छानबिन समिति गठन गरेपछि तत्कालीन भन्सार प्रमुख सापकोटासमेतले पुनः उक्त कम्पनीसँग थप राजस्व रकम लिएको पाइएको अख्तियारको दाबी छ ।

उनीहरूले बनाएको प्रज्ञापनपत्र अनुसार राजस्व निर्धारण भएको भए सरकारलाई ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नोक्सान पर्ने भन्दै अख्तियारले त्यति नै रकम बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस