५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचनमा सत्ता गठबन्धनबाट आ-आफ्नै उम्मेदवार, काँग्रेस अझै अनिर्णीत

अ+ अ-

काठमाडौँ । आउँदो वैशाख १५ गते हुन लागिरहेको इलाम-२ को उपनिर्वाचनका लागि सत्तारुढ दलहरुले आ-आफ्नै उम्मेदवार उठाउने भएका छन् । सत्ता साझेदार दल नेकपा एमालेले कुनै सल्लाह नै नगरी आफ्नो उम्मेदवारको नाम फाइनल गरेपछि गठबन्धनभित्र असन्तुष्टि पनि बढेको छ ।

माओवादी केन्द्रले बुधवार बिहान मात्रै इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उम्मेदवारी दिने निर्णय गरेपछि सत्तारुढ दलहरुले साझा उम्मेदवार उठाउने सम्भावना न्यून बन्दै गएको हो ।

बुधबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय माओवादी केन्द्रले गरेको हो । ‘सत्ता गठबन्धनमा रहेका दलहरू सबैले आ आफ्नै उम्मेदवार उठाउने भनेपछि हामीले पनि दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेका हौँ, माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भने ।

उपनिर्वाचनमा एकीकृत समाजवादीले पनि उम्मेदवारी दिने बताइसकेको छ । सो पार्टीले प्रतिनिधि सभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको सम्मानित नेता झलनाथ खनालले संचारमाध्यमहरुलाई जानकारी दिए ।

त्यस्तै सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले पनि आफ्नो अलग्गै उम्मेदवारी दिने लगभग अन्तिम तयारी गरिरहेको छ । इलाम-२ को वस्तुस्थिति बुझ्न सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई लामो समयदेखि खटाएको छ। पाँच दलीय गठबन्धनमा सामेल भए पनि आफूलाई अन्य दलहरुभन्दा फरक र रचनात्मक दाबी गर्दै आएको रास्वपाले आफ्नै उम्मेदवार अघि बढाउनेगरी अन्तिम तयारी गरिरहेको छ ।

छोटो समयको तयारीका बाबजुद २०७९ को आमनिर्वाचनमा आश्चर्यजनक नतिजा हात पारेको रास्वपा सोही लयलाई निरन्तरता दिने दाउमा छ। तनहुँ–१ को उपनिर्वाचनले रास्वपामा थप विश्वास थपेको छ। तनहुँकै जस्तो नतिजा निकाल्न नसकेपनि रास्वपा पूर्वी पहाडमा आफ्नो संगठनको उपस्थिति बढाउन खोजिरहेको छ ।

उपनिर्वाचनका सवालमा एमाले आफ्नै तरिकाले अघि बढेपछि सत्ता साझेदार दलहरु बाध्य भएर नयाँ निर्णयमा पुगेका हुन् । सत्ता गठबन्धनमा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी गरी पाँच दल सामेल छन्। यीमध्ये कुनै पनि दल एमालेले अघि सारेका उम्मेदवारलाई आगामी उपनिर्वाचनमा समर्थन गर्ने मनस्थितीमा छैनन् ।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इलाममा सत्ता गठबन्धन दललाई सघाउने बझाङमा आफ्नो उम्मेदवारलाई सघाउने वातावरण तय गर्ने मनस्थितीमा थिए । सोही अनुसार एकीकृत समाजवादीले सम्बन्धित पार्टी कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । तर सहकार्य गरिरहेका दलहरु आफ्नै तरिकाले अघि बढेपछि उपनिर्वाचनका सवालमा सत्ता गठबन्धनभित्र मत भिन्नता देखिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचनका सवालमा कुनै निर्णय गर्न सकेको छैन् । संभवत चैत्र १९ गते पदाधिकारीको बैठक बसेर उम्मेदवारको नाम टुंगोमा पुर्‍याउने तयारी काँग्रेसको छ । उप निर्वाचनका लागि गठबन्धन दलहरु आक्रामक रुपमा अघि बढेपनि काँग्रेस आन्तरिक विवादमा रुमलिएको छ ।

काँग्रेसले क्षत्र, जिल्ला र प्रदेशबाट एक नम्बरमा भेषराज आचार्यको नाम राखेर सात जनाको नाम पठाइसकेको छ । दोस्रोमा पूर्व सांसद केशव थापा र तोस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारिस गरेको छ । त्यस्तै संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम पठाइसकेको छ ।

काँग्रेसका आकांक्षीहरु काठमाडौंमा केन्द्रीय नेताहरुको घरदैलो गरिरहेका छन् । एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएको थियो । सोही स्थानमा उपनिर्वाचन हुन लागेको हो । उक्त क्षेत्रमा काँग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धीका रुपमा मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस