८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्छ : मन्त्री चौधरी

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले समावेशी र लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा जोड दिएकी छन् । 

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले आज यहाँ आयोजना गरेको ‘समावेशी र गुणस्तरीय शिक्षा’सम्बन्धी सम्मेलनको उद्घाटन गर्दै मन्त्री चौधरीले सोका लागि सङ्घीय सरकारले आवश्यक सहजीकरण गर्ने बताइन् । उनले सामुदायिक विद्यालयको पूर्वाधार निर्माण गर्दा बालबालिका, लैङ्गिक तथा अपाङ्गतामैत्री हुनुपर्नेमा जोड दिइन् ।  

मन्त्री चौधरीले घर तथा विद्यालयमा स्वस्थ खाना, स्वच्छ पिउने पानीका साथै किशोरीहरू महिनावारी हुँदा सरसफाइलगायत विषयमा ध्यान दिन आग्रह गरिन् । 

मन्त्री चौधरीले महिला, बालबालिका र शिक्षाका क्षेत्रमा अन्तरमन्त्रालयगत समन्वय र सहजीकरण आवश्यक रहेको भन्दै संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० मा सरोकारवाला पक्षका सुझावलाई समेट्न सरकारले पहल गर्ने विश्वास दिलाइन् । 

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले गुणस्तरीय शिक्षाका लागि समावेशी र लैङ्गिकमैत्री बजेट, नीति र संरचनाका लागि सरकार र सम्बन्धित पक्षको ध्यान पुग्नुपर्ने बताइन् । 

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा र कीर्तिपुर नगरपालिकाका उपप्रमुख सुभलक्ष्मी शाक्यले स्थानीय तहले प्राप्त स्रोत र साधनको सिमाभित्र रहेर समावेशी र लैङ्गिकमैत्री बजेट ल्याई शिक्षाको पहुँचमा आउन नसकेका सीमान्तकृत समुदाय र आपाङ्गता भएका बालबालिकाका हितमा काम गर्दै आएको बताइन्  ।

एनसिई नेपालका अध्यक्ष राजेन्द्र पहाडीले ‘गुणस्तरीय, निःशुल्क र अनिवार्य शिक्षा सम्भव छ’ भन्ने उद्घोषका साथ शिक्षामा कार्यरत नागरिक क्षेत्रका सङ्घसंस्थाले निरन्तर वकालत गर्दै आएका बताए। उनले राज्यका सरोकारवाला निकायले पनि नागरिकका आवाजलाई सुनुवाइ गर्नुपर्नेमा जोड दिए । 

सम्मेलनमा स्थानीय तहका जनप्रतिनिधि, सरकारी कर्मचारी, शिक्षाविद्, शिक्षक, अभिभावक, समुदायमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस