७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षमा प्रहरीद्वारा ६ अर्ब ६३ करोड राजस्व असुली   

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले राजस्वमा एक वर्षमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको छ । अवैध मालसामान बरामद, अदालती फैसला कार्यान्वयन र ट्राफिक जरिवानाबाट उल्लेख्य परिमाणमा राजस्व संकलन गरेको हो ।  

नेपाल प्रहरीले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै २०७९ चैत १० देखि गत फागुन ३० गतेसम्मको एक वर्षको अवधिमा ६ अर्ब ६३ करोड ३९ लाख ३२ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको जनाएको छ । 

प्रहरी प्रवक्ता एवं डीआइजी भीमप्रसाद ढकालले उक्त अवधिमा सबैभन्दा धेरै राजस्व अवैध मालसामान बरामद शीर्षकबाट २ अर्ब ७५ करोड १ लाख ६ हजार रुपैयाँ उठाएको जानकारी दिए । 

उनका अनुसार प्रहरीले एक वर्षभित्र फैसला कार्यान्वयनतर्फ १३ हजार १ सय २२ जना फरार अपराधीलाई नियन्त्रणमा लिई अदालती प्रक्रिया पूरा गरी जरिवाना बापतको अदालती फैसला कार्यान्वयन शीर्षकमा १ अर्ब ९७ करोड ९६ लाख १६ हजार रुपैयाँ उठाएको छ ।

त्यसपछि अवैध सुन बरामदबाट पनि धेरै राजस्व संकलन गरेको छ । अवैध सुन बरामदबापत ४३ करोड ३५ लाख ३ हजार रुपैयाँ राजस्व प्रहरीले उठाएको छ । यस्तै प्रहरीले २ करोड १३ लाख ८ हजार रुपैयाँ बराबरको चाँदी, ६ करोड ७८ लाख ६८ हजार रुपैयाँ बराबर अवैध मुद्रा, ४३ लाख ६५ हजार ५ सय रुपैयाँ हुण्डी कारोबारबाट संकलन गरेको छ । 

यसैगरि ७ करोड २५ लाख ८३ हजार रुपैयाँको अवैध वैदेशिक मुद्रा बरामद गरेको प्रहरीले अवैध काठबाट ७ करोड ९१ लाख १७ हजार र अवैध नदीजन्य पदार्थ उत्खनन गर्नेहरुबाट ३ करोड ५२ लाख ३५ हजार रुपैयाँ राजस्व उठाएको छ । 

ट्राफिक नियम उल्लंघन तथा ट्राफिक प्रहरीको कारवाहीमा परेका सवारी चालकहरुबाट प्रहरीले एक वर्षमा १ अर्ब ८६ करोड ५२ लाख २६ हजार ३ सय ५४ रुपैयाँ जरिवाना भराएको छ । 

प्रतिक्रिया दिनुहोस