६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

अ+ अ-

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि कामविहीन भएको छ । तेस्रो मुलुकबाट आउने पर्यटक नभएपछि जमुनाह नाकामा रहेको उक्त कार्यालय सुनसान भएको छ । 

‘अहिले कुनै काम छैन, काम भएको भए हामी पनि व्यस्त हुन्थ्यौँ होला तर आइसिपी सञ्चालन भएपछि पुनः काम हुने आश्वासन पाएका छौँ’, जमुनाहस्थित अध्यागमन कार्यालयका प्रमुख दुर्गाकुमारी वलीले भने । उनले कोरोनाकालदेखि नै सो कार्यालयबाट हुने काम बन्द भएको जानकारी दिँदै भारतीय पक्षसँग कुरा गर्दा आइसिपी सञ्चालन भएपछि पुनः सञ्चालनमा आउने जानकारी पाएको बताए । 

अध्यागमन कार्यालयमार्फत जमुनाह नाका हुँदै तेस्रो मुलुकबाट पर्यटक नेपाल आउने गरेको जानकारी दिँदै अध्यागमन प्रमुख वलीले विगतमा ‘भिसा’को म्याद थप गर्ने कार्य पनि सोही कार्यालयबाट हुँदै आएको बताए । खास गरी चीन, कम्बोडिया, अमेरिका र जापानबाट जमुनाह नाका हुँदै पर्यटक नेपाल आउने र नेपालबाट भारततर्फ जाने गरेको बताइएको छ । 

अहिले पनि जमुनाह नाकामा आउने पर्यटकलाई अनुमति लिनका लागि रुपन्देहीको बेलहिया नाकामा पठाउने गरेको उल्लेख गर्दै उनले भने,’काम नहुने कुरा धेरैले थाहा पाउनुभएको छ तर कहिलेकाहीँ फोनबाट सोधपुछ भइरहेको हुन्छ’,। कार्यालय प्रमुख वलीले कामका लागि गृह मन्त्रालयलाई पटकपटक आग्रह गरेको जानकारी दिँदै आइसिपी सञ्चालन भएपछि प्रभावकारी काम हुने आश्वासन पाएको बताए । सो अध्यागमन कार्यालयमा अहिले आठ कर्मचारीको दरबन्दी रहेको तर सात कर्मचारी मात्रै कार्यरत छन् । 

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले कोभिडकालमा तेस्रो मुलुकबाट आउने पर्यटकलाई नेपाल भएर भारत जान र भारत भएर नेपाल आउने अनुमति नदिँदा बाँकेको पर्यटन विकासमा असर परेको बताए । तेस्रो मुलुकका धेरै पर्यटक भारतको रुपैडिहा आएर फर्केका उल्लेख गदै उनले कोभिडकालअघिको भिसादिने व्यवस्थालाई अविलम्ब प्रारम्भ गर्न सरकारसँग माग गरे । 

सिद्धार्थ बिजनेस ग्रुपका निर्देशक केशव न्यौपानेले अध्यागमन कार्यालय सञ्चालनमा नआउँदा तेस्रो मुलुकबाट आउने पर्यटक जमुनाह नाकाबाट भित्र्याउन अप्ठेरो भएको उल्लेख गर्दै यहाँ आउनका लागि पर्यटक बेलहिया जानुपर्ने  बाध्यात्मक अवस्था अन्त्य हुनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस