काठमाडौँ । मालिकार्जुन गाउँपालिका-५ डाडाकोटस्थित भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पस्तीबाट डाडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी हिजो बेलुकीतिर लडेको हुन सक्ने प्रहरीले अनुमान गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । शवको पोस्टमार्टम गर्ने तयारी भईरहेको प्रहरी निरीक्षक सिंहले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।