१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकको सेवालाई प्राथमिकतामा राख्न सुरक्षा अधिकारीलाई गृहमन्त्रीको निर्देशन

अ+ अ-

झापा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकका गुनासो सम्बोधनमा प्राथमिकता दिन निर्देशन दिएका छन् । 

जिल्ला प्रशासन कार्यालय झापामा शुक्रवार सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै गृहमन्त्री लामिछानेले नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरी काम गर्न निर्देशन दिए । ‘आम नागरिकलाई सेवा दिनु नै तपाईँ/हाम्रो जिम्मेवारी हो,’ गृहमन्त्री लामिछानेले भने, ‘राजनीतिक रूपमा सरकार आउँछन्/जान्छन् । स्थायी सरकार (कर्मचारी)ले नागरिकको सेवालाई प्राथमिकता दिनुपर्छ ।’

कानूनले दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै उनले भने, ‘कानूनभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए मलाई भन्नुस् ।’ ‘कामका लागि निर्देशन कुर्ने होइन । आइडिया लगाएर काम गर्नु पर्छ,’ उनले भने ।

प्रश्न सोध्नेबाट आफू जवाफ दिने ठाउँमा पुगेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले अब कर्मचारीहरूको काम नै आफ्नो जवाफको आधार भएको बताए । ‘मलाई नाजवाफ बनाउनु हुन्छ कि स्पष्ट जवाफ दिने ? तपाईँहरूको हातमा छ । त्यही अनुसार काम गर्नुस्,’ उनले भने, ‘पीडितभन्दा पीडक पहिला प्रशासन/प्रहरीमा आउने, उनीहरूसँगै प्रशासन/प्रहरीको हिमचिम गर्ने प्रवृत्ति अन्त्य हुनैपर्छ ।’

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसमेत उपस्थित थिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लाको वस्तुस्थिति, सेवा प्रवाह, सुरक्षालगायत विषयमा गृहमन्त्री समक्ष ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस