७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चीन सरकार नेपालसँगका १४ वटा परम्परागत व्यापार नाका खोल्न तयार’

अ+ अ-

काठमाडौँ । चीन सरकार नेपालसँग सीमा जोडिएका १४ वटा परम्परागत व्यापारिक नाका खोल्न तयार भएको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको भ्रमण अवसरमा चीनले यस्तो प्रतिबद्धता जनाएको हो ।

चीनको सात दिने भ्रमण सकेर आज स्वदेश फर्किएका मन्त्री श्रेष्ठले यो जानकारी दिएका हुन् । मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्वाददाताहरुसँग आफूले प्रस्ताव गरेपछि कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापारिक सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको बताए ।

मन्त्री श्रेष्ठले भने,‘रसुवागढी–केरुङ, तातोपानी–झाङ्ङ्गु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेका छन्। कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको छ । यसबाट चीन सीमानजिक बसोबास गर्ने नेपालीको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको छु ।’

नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन आफूले अनुरोध गरेको भन्दै त्यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए ।

उनले भने,‘नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन मैले अनुरोध गरेको छु। यस मा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ।’

त्यसैगरी नेपालबाटतरकारी तथा फलफूल निर्यात सहजीकरणका लागि तथा सीमाका केही क्षेत्रमा मल्टिफंसनल ल्याब स्थापना गर्न चीन सकारात्मक भएको पनि उनले जानकारी दिए ।

काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बढी भन्दा बढी सहभागिता उच्च नेतृत्वको सहभागिताको संकेत गरेको मन्त्री श्रेष्ठको भनाई छ । चीनका परराष्ट्र मन्त्री वाङ यी यही वर्ष नेपाल भ्रमणका लागि आउने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस